जनसङ्ख्या नियन्त्रणबारे तुलनात्मक अध्ययन
- आश्विन २, २०८३
–नारायण ढुङ्गाना
काठमाडौँ, ६ वैशाख (रासस) ः अपराध नियन्त्रण गरी समाजमा शान्ति सुरक्षा कायम गर्ने उद्देश्यले सरकारले अवैध हतियार बुझाउन दिएको समयसीमाभित्र प्रहरीमा २५९ हतियार सङ्कलन भएको छ । सङ्कलित हतियारमा अवबैध भन्दा वैध हतियार बढी छ । प्रहरी प्रधान कार्यालयले दिएको जानकारीअनुसार गत चैत १ देखि वैशाख ५ गतेसम्मको अवधिमा आएका २५९ हतियारमध्ये १७१ वटा वैध हतियार छन् । सो अवधिमा ८८ वटा अवैध हतियार सङ्कलन भएको प्रहरी प्रवक्ता उत्तमराज सुवेदीले जानकारी दिनुभयो । गृहमन्त्रालयले सबै सुरक्षा निकायमा बुझाइएका हतियारको विवरण सङ्कलन भङ्रहेकाले एकमुष्ट सङ्ख्या भने केही दिनमा सार्वजनिक गर्ने जनाएको छ । मन्त्रालयका सूचना अधिकारी उमाकान्त अधिकारीले सबै क्षेत्रबाट विवरण सङ्कलन जारी रहेको जानकारी दिँदै सरकारी निर्णयपछि आपराधिक क्रियाकलापमा न्यूनीकरण भएको र शान्ति सुरक्षा सुदृढ हुँदै गएको बताउनुभयो । विभिन्न व्यक्तिले सुरक्षाका लागि राखेका हतियार नेकपा नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले दुरुपयोग गर्न सक्ने आशङ्काले उनीहरुले वैध हतियार पनि सरकारलाई बुझाएको प्रहरीले अनुमान गरेको छ । सरकारले विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीलाई आपराधिक समूह घोषणा गरी उसका गतिविधि रोक्ने निर्णय गरेसँगै अवैध हतियार बुझाउन चैत १ गते नै ३५ दिने सूचना जारी गरेको थियो । गृहमन्त्रालयले कानूनबमोजिम लिनुपर्ने इजाजत नलिई, नवीकरण नगराई वा इजाजतपत्र लिएको व्यक्तिको मृत्युपश्चात् हकवालाको नाममा नामसारी नगराई वा अन्य जुनसुकै तरिकाले अवैध हातहतियार राखेको भए सरकारलाई बुझाउन यही वैशाख ५ गतेसम्मका लागि समयसीमा तोकेको थियो । प्रहरीमा बुझाइएका हतियारमा अधिकांश एक नाले भरुवा बन्दुक रहेका छन् । केही मात्रामा रिभल्वर, बाह्रबोर र बाइस बोरको राइफल, बाह्र बोरको सटगन, दुई नाले बन्दुकसमेत प्रहरीमा आएको छ । “सबै कार्यालयबाट हतियारको पूर्ण विवरण आउने क्रममा छ, प्रारम्भिक विवरणअनुसार अहिलेसम्म २५९ हतियार आएको छ”, केही हतियारको सङ्ख्या थपिन सक्छ,” प्रवक्ता सुवेदीले भन्नुभयो ।
Leave a Reply