सानै उमेरदेखि बालबालिकाहरूलाई खेलकुद, सङ्गीतजस्ता अतिरिक्त क्रियाकलापमा संलग्न हुन दिनुपर्ने
- आश्विन ३, २०८३
घोराही, ६ वैशाख (रासस)ः आठौँ राष्ट्रिय खेलकूद प्रतियोगिताअन्तर्गत ब्याडमिन्टनको मिक्स डबल्सतर्फ शसस्त्र प्रहरीको एपिएफ क्बलका दुवै जोडी फाइनल प्रवेश गरेका छन् । दाङको घोराहीस्थित कभर्डहलमा भएको उक्त प्रतियोगितामा एपिएफका दिपेश धामी र पुजा श्रेष्ठको जोडीले आफ्नै क्लबका जेशिका र गौतमसिंह कठायतको जोडीसँग उपाधिका लागि भिड्ने छ । श्रेष्ठ र धामीको जोडीले त्रिभुवन आर्मी क्बलका अमिता गिरी र नविन श्रेष्ठको जोडीलाई १६–२१, २१–९ र २१–११ अङ्कले पराजित गरेको हो । यस्तै गुरुङ र कठायतको जोडीले आर्मीकै अनुमाया राई र रत्नजित तामाङको जोडीलाई १०–२१, २१–१९ र २१–१७ अङ्कले हराएको हो । यसैगरी पुरुष एकलतर्फ पुरानै प्रतिद्वन्द्वी आर्मी क्लबका रत्नजित तामाङ र एपिएफ क्बलका दिपेश धामीएसँग प्रतिस्पर्धा गर्ने भएका छन् । तामाङले सुदूरपश्चिम प्रदेशका प्रिन्स दाहाललाई २१–११ र २१–९ अङ्कले हराए । एपिएफका धामीले प्रदेश १ का विकास श्रेष्ठलाई २१–११ र २१–१५ अङ्कले पराजित गरे । यस्तै महिला एकलतर्फ आर्मी क्लबका नङ्शलदेवी तामाङ र रशिला महर्जन उपाधिका लागि भिड्ने भएका छन् । आज भएको सेमिफाइनलमा तामाङले प्रदेश १ की सीता राईलाई २१–१७ र २१–९ ले तथा आर्मीकी महर्जनले आफ्नै क्लबकी अनुमाया राईलाई २१–१७ र २१–१८ अङ्कले पराजित गरिन् । पुरुष युगलतर्फ एपिएफका दिपेश धामी र विजित थापामगरको जोडीले एपिएफका सुरोज महर्जन र प्रफुल्ल महर्जनको जोडीलाई २१–१३ र २१–१२ अङ्कले पराजित गरे । धामी र थापामगरको जोडी आर्मीका रत्नजित तामाङ र नविन श्रेष्ठको जोडीसँग भिड्ने छ । तामाङ र श्रेष्ठको जोडीले आर्मी क्लबकै पविन लिनथेप र रुकेश महर्जनको जोडीलाई २१–११ र २१–१९ अङ्कले पराजित ग¥यो । यसैगरी महिला युगलतर्फ आर्मी क्लब र एपिएफबीच भिडन्त हुने भएको छ । आर्मीकी नङशलदेवी तामाङ र अनुमायाको जोडीले प्रदेश १ की सिता राई र सिमा राजवंशीको जोडीलाई २१–१२ र २१–१८ अङकले हरायो । उक्त जोडीले फाइनलमा एपिएफकी पुजा श्रेष्ठ र जेशिका गुरुङसँग भिड्नेछ । श्रेष्ठ र राजवंशीको जोडीले आर्मीकी अमिता गिरी र रशिला महर्जनको जोडीलाई २१–१६ र २१–१८ अङ्कले पराजित ग¥यो । प्रतियोगिताको फाइनल खेल शनिबार बिहान हुने प्रतियोगिताका निर्णायक किरणगोपाल कारञ्जितले जानकारी दिनुभयो ।
Leave a Reply