साइकल यात्रा पनि एक साहसिक खेलकुद
- श्रावण ६, २०८१
काठमाडाँै, ९ वैशाख । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छें (रोहित) ले नेपालको कम्युनिष्ट आन्दोलन पुँजीवादी बाटोमा स्खलित भएको पुष्टि गर्न भारतीय शासक वर्गकै योजनामा नेकपाको सरकार बनेको बताउनुभएको छ ।
विश्व सर्वहारा वर्गका गुरु भी. आई. लेनिनको १४९ औँ जन्म दिवसको अवसरमा सोमबार पार्टीद्वारा आयोजित प्रवचन कार्यक्रममा उहाँले नेकपाको सरकारले कम्युनिष्ट सरकारले गर्नुपर्ने कुनै पनि काम नगरेको प्रस्ट पार्नुभयो ।
“अर्थतन्त्रको ५५ भन्दा बढी प्रतिशत विदेशी निजी पुँजीको हातमा दिने सरकार कम्युनिष्ट सरकार हुनसक्दैन । बरु विदेशीको दलाल सरकार हुन्छ ।”, अध्यक्ष बिजुक्छेंले जोड दिनुभयो ।
२००८ सालतिरै भारतको योजनामा नेपालमा प्रगतिशील कम्युनिष्ट पार्टी बनेको स्मरण गर्दै उहाँले नाम कम्युनिष्ट हुँदैमा कुनै पनि पार्टी कम्युनिष्ट नहुने बताउनुभयो ।
रुसी अक्टोबर समाजवादी क्रान्तिका नेता लेनिनको व्यक्तित्व र योगदानबारे चर्चा गर्दै उहाँले चीन, भारत, मेक्सिको, संरा अमेरिका, इन्डोनेसियालगायतका देशमा कम्युनिष्ट पार्टी स्थापना गर्न लेनिनले योगदान गर्नुभएको बताउनुभयो ।
लेनिन कुनै पनि घटनालाई ऐतिहासिक सापेक्षमा विश्लेषण गर्ने र राष्ट्रिय–अन्तर्राष्ट्रिय परिस्थितिबारे गहन जानकारी राख्ने नेता भएको चर्चा गर्दै अध्यक्ष बिजुक्छेंले युरोपका सबैजसो देशको कम्युनिष्ट आन्दोलन र राजनीतिक परिस्थितिबारे बोल्शेभिक पार्टीसँग जानकारी हुनुले युरोपकै सबभन्दा पछाडि परेको देश रुसमा अक्टोबर क्रान्ति सम्भव भएको बताउनुभयो ।
अध्यक्ष बिजुक्छेँले कम्युनिष्ट क्रान्ति रुचाउनेहरूले पार्टी विस्तारको लागि कति समय दियाँै र कति जनतालाई सडकमा उता¥यौँ भन्ने महत्वपूर्ण हुने उल्लेख गर्दै क्रान्तिकारीहरूले नै जनताबीच सङ्गठन गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो
जनता सचेत नभई नेताहरूमात्र अघि बढेर क्रान्ति सम्भव नहुने धारणा राख्दै अध्यक्ष बिजुक्छेंले व्यक्तिगत स्वार्थलाई प्राथमिकतामा राख्ने पढेलेखेका स्वार्थी मानिस समाजमा परिवर्तनको बाधक भएको बताउनुभयो ।
लेनिनले रुसमा क्रान्ति गर्नको लागि जर्मनीसँग सम्झौता गर्नुभयो तर माओवादीले नेपाललाई स्वाहा पार्न भारतीय साथ खोजेको पुस्टी हुँदैछ, अध्यक्ष बिजुक्छेँले उल्लेख गर्नुभयो ।
“सुन कसीमा घोटेपछि थाहा हुन्छ, ओली–दाहालको नेकपा कम्युनिष्ट हो होइन माक्र्स–एँगेल्सले लेख्नुभएको कम्युनिष्ट घोषणापत्रमा घोट्नु आवश्यक छ । नेकपाले कम्युनिष्ट घोषणापत्रमा उल्लेख १० वटा काममध्ये कुनै पनि पूरा गरेको छैन, त्यसैले कम्युनिष्ट होइन,” अध्यक्ष बिजुक्छेँले स्पष्ट गर्नुभयो ।
नेमकिपाका सचिव तथा प्रतिनिधिसभा सदस्य प्रेम सुवालले नेकपाका नेताहरू सोभियत संशोधनवादी नेताहरू गोर्भाचेभ र यल्सिनको बाटोमा अघि बढिरहेको बताउनुभयो ।
पुँजीवादी चुनावी नतिजाकै आधारमा नेमकिपाबारे मूल्याङ्कन गर्नु गलत हुने धारणा राख्दै उहाँले अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाको पैसाबाट सत्तासीन नेकपाका कार्यकर्ता परिचालित भएको बताउनुभयो ।
“पूर्वसोभियत सङ्घ र पूर्वी युरोपमा समाजवादी व्यवस्था विघटन गर्न अन्तर्राष्ट्रिय गैरसरकारी संस्था परिचालन गरिए जस्तै नेपालमा पनि नेकपामार्फत विदेशी गैससले कम्युनिष्ट आन्दोलन कमजोर बनाउन पैसा खर्च गरिरहेका छन् ।”, उहाँले भन्नुभयो ।
रुसी क्रान्तिबारे चर्चा गर्दै उहाँले सन् १९१७ को फेब्रुअरी क्रान्तिबाट सरकारमा पुगेको मेन्सेविक पार्टीले जस्तै नेपालमा नेकपाको सरकारले पुँजीपति वर्गकै सञ्चालक समितिको भूमिका निर्वाह गरिरहेको प्रस्ट पार्नुभयो ।
“लेनिनले अक्टोबर समाजवादी क्रान्तिपछि उत्पादनका साधनहरू राष्ट्रियकरण गर्नुभयो । तर, नेपालमा नेकपाको सरकारले विदेशी पुँजीलाई नेपाल भित्याउन ढोका खोलिदिएको छ ।”, सचिव सुवालले भन्नुभयो ।
नेमकिपाका वैकल्पिक केन्द्रीय सदस्य तथा प्रदेश नं ३ का प्रदेशसभा सदस्य सुरेन्द्रराज गोसाईले नेकपाको सरकारले नयाँ खान्दानी वर्ग हुर्काइरहेको र विदेशी पुँजीको सेवा गरिरहेको बताउनुभयो । उहाँले एमाले–माओवादीले कम्युनिष्ट पार्टीको झण्डा देखाएर जनतालाई झुक्याइरहेको बताउनुभयो ।
नेमकिपाका वैकल्पिक केन्द्रीय सदस्य तथा प्रदेश नं ३ का प्रदेशसभा सदस्य सृजना सैंजूले रुसी क्रान्तिमा क्रान्तिकारी महिला नेतृ नादेज्दा क्रुप्स्कायाको योगदानबारे चर्चा गर्नुभयो ।
नेमकिपाका वैकल्पिक केन्द्रीय सदस्य राजेन्द्र चवालले उद्घोषण गर्नुभएको कार्यक्रममा इन्जिनियर समाज नेपालका केन्द्रीय उपाध्यक्ष नरेश खत्रीले कम्युनिष्ट घोषणापत्रबारे र नेपाल क्रान्तिकारी विद्यार्थी सङ्घका केन्द्रीय अध्यक्ष सविन ख्याजूले लेनिनको जीवनीबारे प्रकाश पार्नुभएको थियो ।
सुर्खेतमा लेनिन जयन्ती
लेनिन दिवसकै अवसरमा नेमकिपा सुर्खेतको आयोजनामा प्रवचन कार्यक्रम सम्पन्न भयो ।
कार्यक्रममा नेमकिपा सुर्खेतका संयोजक हरिबहादुर बोहराले रुसी समाजवादी क्रान्तिमा लेनिनले पु¥याउनुभएको योगदानको चर्चा गर्नुभयो ।
वीरेन्द्रनगर नगर समितिका अध्यक्ष शेरबहादुर शाहीले लेनिनको जीवनी प्रस्तुत गर्नुभयो ।
कार्यक्रममा नेपाल क्रान्तिकारी किसान सङ्घका केन्द्रीय सदस्य प्रेमकुमार थापा, नेपाल क्रान्तिकारी मजदुर सङ्घका केन्द्रीय सदस्य अकलबहादुर राना, नेपाल क्रान्तिकारी शिक्षक सङ्घका केन्द्रीय सचिव मनोज दाहाल,नेपाल क्रान्तिकारी शिक्षक सङ्घ दैलेखका सदस्य दीपक शाही, नेपाल क्रान्तिकारी युवा सङ्घ सुर्खेतका अध्यक्ष लालबहादुर थापा, नेपाल क्रान्तिकारी महिला सङ्घ सुर्खेतका अध्यक्ष तुल्सी खड्का र गोविन्दनाथ योगीले पनि बोल्नुभएको थियो ।
Leave a Reply