भर्खरै :

प्रसिद्ध बिस्काः जात्राको समीक्षा तथा धन्यवाद ज्ञापन कार्यक्रम

भक्तपुर, ९ वैशाख । भक्तपुर नगरपालिकाको आयोजनामा भक्तपुरको प्रसिद्ध बिस्काः जात्राको समीक्षा तथा धन्यवाद ज्ञापन कार्यक्रम सोमबार सम्पन्न भयो ।
कार्यक्रममा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले बिस्काः जात्रामा प्रत्यक्ष र अप्रत्यक्ष रूपमा सहयोग गर्ने जिल्ला प्रशासन कार्यालय, नेपाली सेना, सशस्त्र प्रहरी, ट्राफिक प्रहरी, सरोकारवाला टीम, क्लव, दाफा–भजन तथा स्थानीय जनतालाई भनपाको तर्पmबाट धन्यवाद व्यक्त गर्दै अहिले भएका कमीकमजोरी र सुझावहरू आगामी वर्षको लागि मार्गदर्शन हुने बताउनुभयो ।
भैरवनाथ मन्दिर जीर्णोद्धारको लागि बाँधिएको खतमा कुनै असर नपर्नु, कुनै अप्रिय घटना नघट्नु र जनताबीच जनप्रतिनिधि तथा प्रशासन निरन्तर रहनु सकारात्मक भएको बताउँदै प्रमुख प्रजापतिले जात्रा समयमा सुरू नहुनु, भैरवनाथको रथ निर्माण कमजोर देखिनु, खतमा चाहिनेभन्दा बढी मानिस चढ्नु र चैत २७ गते निर्धारित स्थानमा रथ (द्यो थाते लाकेगु) पु¥याउन नसक्नु जात्राको कमजोर पक्ष भएको बताउनुभयो ।
नगरपालिकाले जात्राको समयमा वडा–वडामा नर्स र स्वास्थ्य स्वयम्सेविकाहरू परिचालन गरी प्राथमिक उपचार कक्षको व्यवस्था गरेको चर्चा गर्दै प्रमुख प्रजापतिले जनताको व्यापक सहभागितामा ब्रह्मायणी, माहेश्वरी, छुमा गणेश, इन्द्रायणीलगायतका जात्राहरू शान्तिपूर्ण रूपमा सम्पन्न भएको जानकारी गराउनुभयो ।
भनपाका उपप्रमुख रजनी जोशीले सम्पदा पुनःनिर्माण गर्दा मौलिक प्रविधिमा जोड दिनुपर्ने बताउँदै रथ निर्माण कार्य अझ व्यवस्थित ढङ्गले अगाडि बढाई सांस्कृतिक पक्षलाई पनि ध्यानमा राख्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।
उहाँले नगरवासीहरू स्वयम् इन्जिनियरको रूपमा कार्यरत रहेको बताउनुभयो ।
प्रजिअ नारायणप्रसाद भट्टले बिस्काः जात्रा जनताको जात्राको रूपमा स्थापित गर्न सफल भएको बताउँदै जात्राको समयमा प्रहरीलाई स्वयम्सेवकको रूपमा परिचालन गर्नुपर्ने र गुठी संस्थान थप चनाखो भई प्रस्तुत हुनुपर्ने बताउनुभयो । रथलाई थप मजबुत बनाउनुपर्नेमा जोड दिंदै प्रजिअ भट्टले जात्रा शान्तिपूर्ण भएकोले भक्तपुरको प्रतिष्ठा बढाउन मद्दत पुगेको बताउनुभयो ।
महानगरीय प्रहरी परिसर भक्तपुरका एस.पी. हिमालयकुमार श्रेष्ठले जात्राको लागि प्रहरीले गरेको तयारीबारे जानकारी दिनुभयो ।
भक्तपुर नपा वडा नं. ४ का वडाध्यक्ष कुमार चवालले जात्रा निर्धारित समत्न्दा ढिलो सुरू भए पनि शान्तिपूर्ण ढङ्गले सम्पन्न भएकोमा खुसी प्रकट गर्दै रथमा प्रयोग हुने चुकुलहरू मजबुत बनाउनुपर्ने बताउनुभयो ।
भक्तपुर नपा वडा नं. ५ का वडाध्यक्ष प्रेमगोपाल कर्माचार्यले जात्रा सुरू हुनुअगाडि भएको जनचेतना ¥यालीले जात्रा शान्तिपूर्ण बनाउन नगरवासीहरूमा सकारात्मक प्रचार भएको बताउँदै रथले बिगारेका सम्पदाहरूको संरक्षण गर्नुपर्नेमा जोड दिनुभयो ।
गुठी संस्थानका प्रमुख हरिप्रसाद सुवेदीले पूजा विधिले गर्दा बिस्काः जात्रा समयमा सुरू हुन नसकेको, रथमा प्रयोग हुने केही काठ र चुकुलहरू पुरानो भएकोले रथ केही कमजोर भएको र नयाँ रथ बनाउन अहिलेदेखि नै अगुवाइ गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो । भक्तपुर उद्योग वाणिज्य सङ्घका अध्यक्ष रामप्रसाद प्रजापतिले जात्रा व्यवस्थापनमा भक्तपुर नपाको अगुवाइ सराहनीय भएको चर्चा गर्दै आन्तरिक तथा बाह्य पर्यटक आकर्षण गर्न जात्राको ऐतिहासिकताबारे प्रचारप्रसार आवश्यक भएको बताउनुभयो ।
भैरवनाथ जात्रा व्यवस्थापन समितिका अध्यक्ष न्हुछेराम भेलेले आगामी वर्षको लागि भैरवनाथको नयाँ रथ बनाउन तर्जुमा गर्नुपर्ने, रथ तान्ने रूटको सीमा तोक्न नहुने र माइकिङमार्फत व्यवस्थित प्रचार गर्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा दूरसञ्चारका कार्यालय प्रमुख वीरेन्द्ररत्न शाक्य र स्थानीय शिवनारायण गोथेले भैरवनाथको जगेडा छाना व्यवस्थापन गर्नुपर्ने, जात्राको समयमा परिचालित टीम–क्लवका स्वयम्सेवकहरूको सेवाको कदर गर्नुपर्नेमा जोड दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *