इरानका सर्त पूरा नभएसम्म हर्मुज जलडमरु नखुल्ने
- कार्तिक १९, २०८३
तेहरान, १० वैशाख (सिन्ह्वा) । इरानी विदेश मन्त्रालयले इरानको तेल आयात गर्ने विदेशी राष्ट्रहरूलाई प्रतिबन्धनमा दिइँदै आएको छुट थप नगर्ने संरा अमेरिकी निर्णयले नराम्रो परिणाम निस्कने चेतावनी दिएको छ ।
“अमेरिकी प्रतिबन्धको अवैध प्रकृतिलाई दृष्टिगत गर्दै इरानले कहिल्यै पनि इरानी तेलका ग्राहकहरूलाई असुविधा पुग्ने अमेरिकी कदमलाई स्वीकारेको छैन र स्वीकार्ने छैन ।” इरानी विदेश मन्त्रालयका प्रवक्ता अब्बास मौसावीले वक्तव्यमा भने ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमबार इरानसित तेल खरिद गरिरहेका आठ देशहरूलाई आगामी दिनमा छुट नदिने निर्णय गरेका थिए ।
संरा अमेरिकाले १८० दिनको छुट भारत, चीन, इटाली, ग्रीस, दक्षिण कोरिया, ताइवान, टर्कीलाई दिएको थियो र त्यसको समय–सीमा २ मईको दिन समाप्त हुँदैछ ।
संरा अमेरिकी नयाँ कदमको जवाफ दिन इरानले छिट्टै नै नयाँ निर्णय गर्ने र सार्वजनिक पनि गर्ने मौसावीले बताए ।
इरानी जनसेनाले अमेरिकी जहाज रोक्ने
यसैबीच इरानको इस्लामिक क्रान्तिकारी गार्डको जलसेना विभाग प्रमुख अलिरेजा ताङसिरीले संरा अमेरिकी कदमविरुद्ध कडा कदम चाल्ने बताएका छन् ।
जनरल ताङसिरीले हर्मुज जलडमरु वरपरको महत्वपूर्ण जलमार्गमा अमेरिकी जहाजको प्रवेशलाई इरानी जलसेनाले रोक्ने बताए । यदि त्यसो गरेमा बहराइनमा सबभन्दा ठूलो जलसेनाको आधार बनाई बसेको अमेरिकी जलसेनाका लागि ठूलो बज्रमुक्का हुनेछ ।
“यदि हामीलाई यो महत्वपूर्ण जलमार्ग प्रयोग गर्न रोकिन्छ भने हामी यसलाई रोक्नेछौँ । जहाँसम्म धम्कीको कुरा छ, हामी हाम्रो जलमार्गको प्रतिरक्षा र रक्षाको कदममा अलिकति पनि हच्किने छैनाँै ।”– राज्य सञ्चालित फार्स समाचार संस्थासित एड्मिरल जनरल ताङसिरीले भने ।
अमेरिकी प्रतिबन्धको पुनः कार्यान्वयनका कारण इरानी तेल निर्यात २५ लाख व्यारेल प्रतिदिनबाट १० लाख ब्यारेल प्रतिदिनमा झरेको छ । सोमबार अमेरिकी प्रतिबन्धको घोषणासँगै अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा ३.३३ प्रतिशतले वृद्धि भएको छ ।
अमेरिकी विदेशमन्त्री माइक पोम्पेओले आफूहरू आफ्नो निर्णयमा शून्य प्रतिशत पनि छुटको अवस्थामा पुगेको र संरा अमेरिका मे १ पछाडि इरानविरुद्ध प्रतिबन्धमाथि थोरै मात्र पनि छुट दिने पक्षमा नरहेको बताए ।
“अमेरिकी सरकारले इरानलाई उसको जीवनरेखा मानिएको वार्षिक ५० अर्ब डलरको तेलको आम्दानीबाट अलग्याउन चाहेको छ । त्यसबाट इरान सरकार आफ्नो आणविक विकास कार्यक्रम परित्याग गर्न, व्यालेस्टिक क्षेप्यास्त्र परीक्षणहरू रोक्न र सिरिया र यमनको द्वन्द्वमा सहायता गर्ने कार्य कटौती गर्न बाध्य हुनेछ –पोम्पेओले भने ।
इरानको तेल उत्पादन र निर्यात ठप्प भएमा विश्वकै तेलको अभाव चुलिनेछ । संरा अमेरिकी अधिकारीहरूले इरानको तेल कटौतीको अभाव साउदी अरेविया र युनाइटेड अरब इमिरेट्सले पूरा गर्ने बताइरहँदा साउदी अरबका ऊर्जामन्त्री खालिद अल फालिहले भने आफूहरूले तेल बजारको पछिल्लो विकासलाई नियालिरहेको र तत्काल तेल उत्पादन वृद्धि गर्ने प्रतिबद्धता जाहेर गर्न नसकिने बताए ।
तेल उत्पादक राष्ट्रहरूको सङ्गठन ओपेकको बैठक आउँदो जून महिनामा मात्र बस्ने निर्णय छ ।
साउदी अरेवियाले उत्पादन वृद्धि नै गरे तापनि इरान र भेनेजुयलामाथि संरा अमेरिकी प्रतिबन्धले विश्वमा तेलको अभाव चुलिने र ठूलो मूल्यवृद्धि हुने विश्लेषकहरूको डर छ ।
भेनेजुयला र इरानमाथि प्रतिबन्धपूर्व अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य प्रतिव्यारेल ६५.९२ डलर रहेकोमा सोमबार प्रतिब्यारेल ७४ डलर पुगेको छ । यो मूल्य अक्टोबर २०१८ यताकै सबैभन्दा बढी हो ।
Leave a Reply