भर्खरै :

योगी आदित्यनाथ उत्तर प्रदेशको मुख्यमन्त्री, विपक्ष दलको कडा विरोध

भारतीय जनता पार्टीले उत्तर प्रदेशका मुख्यमन्त्रीका रुपमा गोरखपुरका सांसद अदित्यनाथ योगीले ‘समावेशी विकास’ को पार्टी नीतिअनुसार काम गर्ने बताए तापनि त्यहाँका विपक्षी दलहरुले मुख्यमन्त्री पदमा आदित्यनाथको चयनलाई धर्मनिरपेक्षतामाथिको ‘ठूलो हमला’ भनेर विरोध गरेका छन् ।
भारतीय काँग्रेसका नेता भीरप्पा मोलेले भने,‘भाजपा वा योगी आदित्यनाथ उत्तर प्रदेशको मुख्यमन्त्री, विपक्षी दलको विरोध
राष्ट्रिय स्वंयसेवक संगठन(आरएसएस) ले हिन्दु धर्मको आफ्नो मुद्दा लाद्न खोजेको हुनसक्छ । भारत भनेको हिन्दु धर्म होइन । हिन्दु धर्म भनेको भारत होइन ।’ तर काँग्रेसका प्रवक्ता रणदिप सर्जेवालाको आधिकारिक वक्तव्य भने आदित्यनाथको पूर्णतः विरोधमा छैन । ‘काँग्रेसले जनताको हित रक्षकको रुपमा काम गर्ने गरिरहनेछ र उत्तर प्रदेशको प्रगतिको लागि रचनात्मक भूमिकामा रहनेछ ।’, उनले वक्तव्यमा भनेका छन् ।
समाजवादी पार्टीका सांसद नरेश अग्रवालले आदित्यनाथलाई आफ्नो नियुक्तिको औचित्य पुष्टि गर्न ६ महिनाको समय दिने बताए । ‘म आशा गर्छु, उनले आफ्नो चिन्तनमा परिवर्तन ल्याउनेछन् र हिन्दु–मुस्लिमबीचको विभाजन ल्याउने काम गर्नेछैनन् । यदि त्यसो गरे हामी जनताको बीचमा जानेछौं र उनको विरोध गर्नेछौं ।’

‘भाजपा वा योगी आदित्यनाथ उत्तर प्रदेशको मुख्यमन्त्री, विपक्षी दलको विरोधराष्ट्रिय स्वंयसेवक संगठन(आरएसएस) ले हिन्दु धर्मको आफ्नो मुद्दा लाद्न खोजेको हुनसक्छ । भारत भनेको हिन्दु धर्म होइन । हिन्दु धर्म भनेको भारत होइन ।’ तर काँग्रेसका प्रवक्ता रणदिप सर्जेवालाको आधिकारिक वक्तव्य भने आदित्यनाथको पूर्णतः विरोधमा छैन । ‘काँग्रेसले जनताको हित रक्षकको रुपमा काम गर्ने गरिरहनेछ र उत्तर प्रदेशको प्रगतिको लागि रचनात्मक भूमिकामा रहनेछ ।’

भारतीय कम्युनिष्ट पार्टीकी नेतृ ब्रिन्दा करातले आदित्यनाथलाई उत्तर प्रदेशको मुख्यमन्त्री बनाउनु आरएसएसको कार्ययोजनाअनुसार भएको बताइन् । ‘उत्तर प्रदेश आरएसएसको नयाँ प्रयोग भूमि बनेको छ । …आदित्यनाथको विरोधमा उत्तर प्रदेशका विभिन्न अदालतमा उपद्रवलगायत थुप्रै आरोप विचाराधीन छन् ।…अनि यहाँ अपराधिकरण अन्त्यको नारा उरालिंदैछ किन?’ जनता दल(एकीकृत)का प्रवक्ता हरिवंशले पनि त्यस्तै विचार राख्दै आदित्यनाथको चयन “भाजपाले अंगालेको राजनीतिको स्वाभाविक चयन र मिल्दो भएको ’ बताए ।
राष्ट्रिय सम्मलेनका नेता तथा जम्मु काश्मिरका पूर्व मुख्यमन्त्री ओमार अब्दुल्लाहले आफ्नो ट्विटर खातामा लेखेका छन्,‘के अब पनि भाजपाको प्रवक्ताले आफूले बारम्बार भन्ने गरेको आरएसएस सामाजिक संगठन हो भन्ने भनाई दोहो¥याउन सक्छन्?’
भाजपाले भने आफ्नो निर्णयको प्रतिरक्षा गरिरहेको छ । पार्टीका प्रवक्ता सिद्धार्थ नाथले भने,‘मिडियाले आदित्यनाथको विषयमा त्यस्तो छवि प्रस्तुत गरिरहेको छ । तर उनी एक पटक होइन बारम्बार निर्वाचित भइरहेका छन् । उनी विकासको पक्षमा छन् र हामीसँग भएको मुद्दा त्यही नै हो ।’ संसदीय मामिला राज्यमन्त्री मुख्तर अब्बास नाकभीले आदित्यनाथले भाजपाको ‘समावेशी विकास’ को मुद्दाका लागि काम गर्ने बताए ।
आदित्यनाथ कट्टर हिन्दुवादी राजनीतिका लागि चिनिएका छन् । गएको जनवरीमा उनले भारतमा पनि संरा अमेरिकामा जस्तै आप्रवासीहरुलाई निकाला गर्नुपर्ने प्रस्ताव राखेका थिए । पाँच पटकसम्म संसदमा निर्वाचित बनेका उनले उत्तर प्रदेशको साम्ली जिल्लाको कैराना भन्ने स्थानबाट २५० हिन्दु धर्मावलम्बी परिवारलाई निकाला गरिएको भनिएका घटनाबारे बोलेका थिए र भाजपा सत्तामा पुगे पछि यसको छिनोफानो गर्ने अभिव्यक्ति दिएका थिए ।
स्क्रोल.आईएन

Leave a Reply

Your email address will not be published. Required fields are marked *