भोटेकोसी बाढी र जलवायु परिवर्तनको प्रभाव ?
- भाद्र १५, २०८३
काभ्रे, ५ चैत । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छे (रोहित) ले संरा अमेरिकाले चीनविरुद्ध एसिया प्रशान्त सङ्गठन स्थापना गरेको र हिन्द महासागरमा सैन्य अभ्यास गरेको बताउनुभएको छ ।
नेमकिपा बनेपा नगर समितिको आयोजनामा बनेपामा शनिबार सम्पन्न पार्टी प्रशिक्षणमा बोल्दै अध्यक्ष रोहितले नेपाललाई आप्mनो मुठीमा नपारी चीनविरुद्ध लड्न कठिन हुने भएकोले भारतलाई नेपालमा हस्तक्षेप गराइरहनुका साथै एसियामा युद्धको सम्भावना निम्त्याइरहेको भनाइ राख्नुभयो ।
उहाँले लडाइँमा हतियारभन्दा सूचनाको भूमिका महत्वपूर्ण हुने र हारजीत हुनुमा गुप्तचरहरूले दिएको महत्वपूर्ण सूचनाले निर्णायक भूमिका निर्वाह गर्ने बताउनुभयो ।
राष्ट्र, राष्ट्रियता, राष्ट्रवाद र बडाराष्ट्र अहङ्कारवाद विषयमा बोल्दै उहाँले वर्गीय मुक्तिविना राष्ट्रिय भावना सवल नहुने धारणा राख्नुभयो । अध्यक्ष रोहितले एउटै राष्ट्र भए पनि वर्ग फरक फरक हुने उल्लेख गर्दै भन्नुभयो, ‘भाषा, जाति, रीतिरिवाज, कला–संस्कृति आदिको संयुक्त अभिव्यक्ति राष्ट्र भएको र सबै जनताको एउटै इच्छा हुनुलाई राष्ट्रिय भावना भनिन्छ ।’
अध्यक्ष रोहितले बुद्धिजीवीहरू पूँजीवादी र प्रगतिशील बुद्धिजीवी गरी दुई थरीका भएको उल्लेख गर्दै पूँजीवादी बुद्धिजीवीहरूले पूँजीवादको वकालत गर्छन् भने प्रगतिशील बुद्धिजीवीहरूले समाजवादको लागि काम गर्छन् भन्नुभयो ।
प्रशिक्षण कार्यक्रममा सहभागीहरूले प्रजग कोरियामा मडारिरहेको युद्धको सम्भावना र स्थानीय निकायको पुनःसंरचना तथा निर्वाचनप्रति राखेका जिज्ञासाबारे अध्यक्ष बिजुक्छेले प्रस्ट पार्नुभएको थियो ।
Leave a Reply