जीवित सङ्ग्रहालयमा विद्यार्थीहरूलाई घुमाउँदा
- श्रावण १७, २०८३
संरा अमेरिकाको प्रख्यात सांगीतिक प्रस्तुति रक एण्ड रोलका विख्यात प्रस्तोता चुक बेरीको शनिबार निधन भएको छ । संरा अमेरिकाको मिसाउरीस्थित सेन्ट लुइस भन्ने गाउँमा उनको निधन भएको हो ।
‘गहिरो दुःखका साथ हाम्रा प्रिय पति, बुवा, हजुरबुवा र हजुरहजुर बुवा चुक बेरीको ९० वर्षको उमेरमा घरमै निधन भएको छ ।,’ बेरीको आधिकारिक फेसबुक पेजमा भनिएको छ । ‘उनको शारीरिक अवस्था पछिल्लो समय निकै बिग्रेको थियो । तर आफ्नो अन्तिम समय उनले आफ्ना परिवार र साथीहरुबीच बिताए ।’, फेसबुक पेजमा भनिएको थियो ।
सेन्ट लुइस काउन्टी प्रहरीले आफ्नो फेसबुक पेजमा उनको घरमा आकस्मिक सेवाको लागि जाँदा उनी प्रतिक्रियाबिहीन भएको भनी लेखेको छ ।
रक एण्ड रोल सांगीतिक विधाका पिता भनेर पनि चिनिने चाल्र्स एडवार्ड एन्डरसन बेरीले दशकौं समय रक एण्ड रोल संगीतमा राज चलाएका थिए ।
Leave a Reply