भर्खरै :

ते¥ह वर्षदेखि जनआन्दोलनका घाइते मुकेशको अवस्था उस्तै

काभ्रे, ११ वैशाख । जनआन्दोलन विसं २०६२÷६३ को क्रममा घाइते भएका काभ्रेपलाञ्चोकको बनेपाका मुकेश कायस्थ अझै पनि अर्धचेत अवस्थामा छन् ।
जनताको बलमा स्थापना भएको लोकतान्त्रिक गणतन्त्र स्थापना भएर सङ्घीयताको मूल मर्मअनुसार तीन तहको सरकार गठन भएर सेवा प्रवाह भइरहेको अवस्थामा लोकतन्त्र स्थापना गर्न आन्दोलनमा होमिएका जनआन्दोलनका घाइतेको अवस्था भने उस्तै रहेको मुकेशका आमा मीरा कायस्थले बताउनुभयो ।
विसं २०६२÷६३ को जनआन्दोलनको क्रममा २०६२ चैत २७ गते बनेपामा गोली लागेर घाइते भएका मुकेश अहिले पनि ओछ्यानमा नै छटपटिरहेका छन् । आमा मीरा कायस्थले पछिल्लोपटक गरेको शल्यक्रियाबाट पनि उहाँको सुधार नभएको बताउनुभयो ।
उपचारको क्रममा अहिलेसम्ममा तीन पटक टाउकोको शल्यक्रिया गरिसकेको उहाँको भनाइ छ । “असार महिनामा शल्यक्रिया भएपछि पनि अवस्था उस्तै छ ।”, मीराले भन्नुभयो ।
अहिलेसम्म उपचारको सबै खर्च सरकारले नै ब्यहोर्दै आएको भए पनि सङ्घीय संरचनाअनुसार जिल्लामा रहेको जनस्वास्थ्य कार्यालय प्रदेशअन्तर्गत रहने भएपछि उपचारको लागि व्यवस्था हुँदै आएको नर्सको सुविधा नभएको उहाँको भनाइ छ ।
उहाँको लागि स्वास्थ्य मन्त्रालयबाट जिल्ला जनस्वास्थ्य कार्यालय हुँदै आउनुपर्ने सुविधा जिल्ला जनस्वास्थ्य कार्यालय अहिले प्रदेशअन्तर्गत भएपछि भएको फेरबदलका कारण करीब एक वर्षभन्दा बढी समय गुज्रदा पनि उपलब्ध हुन नसकेको उहाँको भनाइ छ ।
मुखले पनि नखाने र हातखुट्टा पनि नचलेको आमा मीराले बताउनुभयो । अहिले अक्सिजन दिइरहनुपर्ने अवस्था नभएको उहाँको भनाइ छ । मुकेश कायस्थ प्रतिष्ठानका मोहन दुवालले उहाँको नाममा मस्तिष्क घात पुनस्र्थापना केन्द्र स्थापना गर्नको लागि पहल गरिरहेको बताउनुभयो ।
“उहाँजस्तै बिरामीको उपचारमा सहज होस् भनेर केन्द्र स्थापना गर्न माग गरिरहेका छौँ तर त्यो अगाडि बढिरहेको छैन”, उहाँले भन्नुभयो । मुकेशजस्तै अन्य घाइतेको उपचारको लागि सहज वातावरण होस् भन्ने हेतुले विसं २०६८ मा मुकेश कायस्थ प्रतिष्ठानले सो विषयलाई संस्थागत रूपमा अगाडि बढाइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *