भर्खरै :

राजकुमार पोखरेल र सविन श्रेष्ठ र प्रमोद र सुमन फाइनलमा

कीर्तिपुर, ११ वैशाख । युवा खेलकुद समूह कीर्तिपुरको आयोजनामा सञ्चालित एघारौं सहिद स्मृति कप ब्याडमिन्टन प्रतियोगिता अन्तिम चरणमा पुगेको छ । प्रतियोगितामा राजकुमार पोखरेल र सविन श्रेष्ठ (चन्द्रागिरी) र प्रमोद महर्जन र सुमन महर्जन (चन्द्रागिरी) फाइनलमा प्रवेश गरेका छन् ।
बुधबार भएको सेमिफाइनल खेलमा राजकुमार पोखरेल र सविन श्रेष्ठ (चन्द्रागिरी) को जाडीले नवीन र श्यामभक्त (कीर्तिपुर) जोडीलाई २१—१५ र २१—१६ ले पराजित गरी फाइनलमा प्रवेश गरेको हो । त्यसैगरी प्रमोद महर्जन र सुमन महर्जन (चन्द्रागिरी) को जोडीले अमित र जितेन्द्रको (कीर्तिपुर) जोडीलाई २५—२३ र २१—०८ ले पराजित गरी फाइनलमा पुग्न सफल भए । अमित महर्जन र जितेन्द्र महर्जन (कीर्तिपुर) र नवीन महर्जन र श्यामभक्त महर्जन (कीर्तिपुर) तेस्रो भएका छन् ।
फाइनल तथा पुरस्कार वितरण वैशाख १४ गते शनिबार हुने आयोजकले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *