भर्खरै :

बेल्ट एन्ड रोड परियोजना र पारदर्शिताको प्रश्न

पेइचिङ, २६ अप्रिल । चीनले बेल्ट एन्ड रोड परियोजना अघि सार्दादेखि नै यसको पारदर्शिताबारे अनेकन गुनासा सुनिएको थियो । यस्ता पूर्वाग्रही विचारसँग मुखमुखै लागि बुद्धिमानी होइन ।
परियोजनाविरुद्ध अस्पष्ट वित्तीय सम्झौता, सार्वजनिक खरिद नियम र भ्रष्टाचार जस्ता आरोप लगाइने गरेको छ । तर, बितेका छ वर्षमा वास्तवमा के भएको थियो भन्ने कुरा नबुझी हतारमा यो निष्कर्षमा पुग्न गलत हो ।
बेल्ट एन्ड रोड परियोजना कार्यान्वयनको क्रममा चीनले विस्तृत परामर्श, संयुक्त योगदान र साझा हितका सिद्धान्तलाई पछ्याउँदै आएको छ । नेपथ्यमा कुनै सम्झौता वा भ्रष्टाचारको लागि कुनै स्थान नछोडी चीनले यो सिद्धान्तलाई सजगताका साथ पछ्याउँदै आएको छ । बन्द कोठाभित्र हुने त्यस्ता सम्झौता वा भ्रष्टाचारले यो परियोजनाको निष्पक्षता र प्रभावकारितालाई फितलो बनाउने कुरा चीनलाई राम्ररी थाहा छ ।
सन् २०१८ को जुलाईमा बेल्ट एन्ड रोड मञ्चअन्तर्गत कानुनी सहकार्य सम्मेलन भएको थियो । सो सम्मेलनमा बीआरआई प्रक्रियामा बलियो एकताको लागि भ्रष्टाचारविरोधी सहकार्य सशक्त बनाउने सहमति भएको थियो ।
त्यसबाहेक चीन र अन्य २७ देशहरूले बेल्ट एन्ड रोडको विकासका लागि वित्तीय व्यवस्थासम्बन्धी निर्देशक सिद्धान्तमा सहमति जनाएका थिए । सो निर्देशक सिद्धान्तले वित्तीय व्यवस्थाको पारदर्शिता बनाउनुपर्नेमा जोड दिइएको छ ।
बीआरआई अघि बढाउन चीनले विश्व बैङ्क, अन्तर्राष्ट्रिय मुद्रा कोष र संयुक्त राष्ट्र सङ्घ औद्योगिक विकास सङ्गठनजस्ता अन्तर्राष्ट्रिय संस्थाहरूसँगको सहकार्यलाई जोड दिएको छ । ती अन्तर्राष्ट्रिय संस्थाहरूले बजारको नियम र अन्तर्राष्ट्रिय मान्यतालाई आधारभूत सिद्धान्त स्वीकारेको छ ।
बीआरआई परियोजनाको पारदर्शिता सुनिश्चित गर्न चीन सरकारले विश्वसनीय सूचना सार्वजनिक गर्ने विषयमा सम्बद्ध संस्थालाई उत्साहित गरिरहेको छ । परियोजनाअन्तर्गत विदेशमा कुनै योजना कार्यान्वयन गर्दै गर्दा सम्बन्धित देशका स्थानीय कानुन र नियम मान्न पनि कम्पनीहरूलाई आग्रह गरिरहेको छ ।
बीआरआईमा हस्ताक्षर गरेको कूल १२९ देश र २९ अन्तर्राष्ट्रिय सङ्गठनले पारदर्शिता र सफा संयन्त्रबिना उल्लेख्य उपलब्धि हासिल गर्न सक्दैन ।
सफा सुशासन नै बेल्ट एन्ड रोड परियोजनाको नैतिक सिद्धान्त हो । कुनै पनि पक्षले रातो सावधानीको रेखा नाघ्नु हुन्न । दोस्रो अन्तर्राष्ट्रिय बेल्ट एन्ड रोड परियोजना सम्मेलनको औपचारिक प्रतिवेदनमा यो विषयलाई जोड दिइएको छ ।
चीनले बीआरआई प्रक्रियामा एकता सुनिश्चित गर्ने प्रतिबद्धता व्यक्त गरेको छ । यस्तो परिस्थितिमा यसको सही तरिकाले सञ्चालन हुने र यसका सहभागीहरूलाई व्यापक अवसर प्रदान गर्नेछ । पूर्वाग्रही भावना राख्ने मानिसहरू भने यो अवसरबाट वञ्चित हुनेछन् ।
–सिन्ह्वा

Leave a Reply

Your email address will not be published. Required fields are marked *