अध्यक्ष रोहितको संस्मरणका केही पृष्ठ
- असार ३१, २०८३
नीरज
संरा अमेरिकी फ्लोरिडा राज्यको मायामी सहरबाट क्युवा जम्मा ९० माइल टाढा पर्छ । क्यारिबिलायी टापु देश क्युवा कुनै समय संरा अमेरिकी कुलीन वर्गको ऐय्यासी गर्ने ठाउँ थियो । तर, सन् १९५९ मा फिडेल क्यास्ट्रोको नेतृत्वमा भएको विद्रोहले सत्ता कब्जा गरेपछि क्युवा र संरा अमेरिकाबीचको सम्बन्ध चिसियो । संरा अमेरिकी लगानीकर्ताहरूको नियन्त्रणमा रहेका सबै उत्पादनका साधनलाई क्युवा सरकारले राष्ट्रियकरण ग¥यो । त्यसपछि क्युवाप्रति अमेरिकी कुलीनहरूको छवि बदलियो । क्युवा अमेरिकी साम्राज्यविरोधी देश बन्यो । अमेरिका र क्युवाबीचको तिक्ततापूर्ण राजनीतिक सम्बन्ध आज पनि मीठो बनिसकेको छैन ।
दुई देशका सरकारबीचको सम्बन्धका यस्ता सबै आरोहअवरोहबीच संरा अमेरिकी साहित्यकार अर्नेस्ट हेमिङ्ग्वेले भने क्युवालाई सधैं माया गरिरहे । क्युवाको राजधानी हवानाबाट १० माइल पर सान फ्रान्सिस्को डी पाउला नामको एउटा गाउँ छ । हेमिङ्ग्वेले जीवनका निकै महत्वपूर्ण झण्डै दुई दसक समय त्यही गाउँको एउटा घरमा बिताएका थिए । हेमिङ्ग्वेको त्यो घरको नाम थियो–फिन्का भिजिया । यसको अर्थ हो– खेतीबारी हेरचाह गर्ने घर ।
हेमिङ्ग्वेलाई धेरै मानिस ‘ओल्ड म्यान एन्ड सी’ उपन्यासका लेखकको रूपमा चिन्छन् । समुद्रमा माछा मार्ने एकजना माझीको कथामा आधारित यो उपन्यास हेमिङ्ग्वेले समुद्र किनाराको त्यही फिन्का भिजियामा बसेर लेखेका थिए । उनको अर्को विख्यात उपन्यास हो– फर हुम द बेल टोल्स । स्पेनी गृहयुद्धमा पत्रकारका रूपमा सहभागी बनेका हेमिङ्ग्वेले आफ्नो भोगाइमा आधारित भएर लेखेको यो उपन्यास पनि त्यही घरमा बसेर लेखेका थिए । फिन्का भिजियाको दक्षिणपश्चिम कुनामा एउटा वर्गाकार टावर छ । त्यो टावर विशेषतः हेमिङग्वेले लेख्न, बस्न र बनाउन लगाएका थिए । तर, हेमिङ्ग्वे ‘पात्रले डो¥याए’ मात्र त्यहाँ बसेर लेख्थे । नत्र उनी आफ्नै सुत्ने कोठाको पूर्वतिर राखिएको टेबुलमा उभिएरै लेख्ने गर्थे ।
फिन्का भिजियामा लेखनमा तल्लीन रहँदा उनी सकेसम्म कोही पनि आफूलाई भेट्न नआऊन् भन्थे । त्यसकारण उनीसँग अन्तर्वार्ताको लागि अनुरोध गरेका धेरै पत्रकारहरूलाई उनले भेट्न मानेनन् । अन्तर्वार्ताको लागि पत्रकार भेट्दा आफ्नो लेखन कर्म विथोलिएको उनी अनुभव गर्थे । उनले भनेका थिए, “टेलिफोन र पाहुनाले काम सत्यानाश गर्छ ।” (आजभोलि भए सायद उनी यसमा सामाजिक सञ्जाल पनि थप्थे ।) तर, हेमिङ्ग्वेले जो पनि पत्रकारलाई अन्तर्वार्ता दिए, उनले आफ्ना कुरा मन खोलेर पोखे । औपचारिकताका सबै बन्देजलाई एकातिर पन्छाएर हेमिङ्ग्वेले आफैप्रति इमानदार भएर अन्तर्वार्ताहरू दिए ।
बेलायतको मेलभिल्ले प्रकाशन गृहले विख्यात लेखकहरूले जीवनमा दिएका अन्तिम अन्तर्वार्ताहरूको सङ्कलन गरी पुस्तकहरूको सृङ्खला नै प्रकाशन गरेको छ । गाब्रियल गार्सिया मार्खेजदेखि ज्याक डेरिडासम्मका लेखकहरू यो सृङ्खलामा समावेश छन् । तीनमध्ये छानिएका एकजना लेखक हुन्– अर्नेस्ट हेमिङ्ग्वे ।
हेमिङ्ग्वेको निधन सन् १९६१ मा भयो । उनले जीवनकै सबभन्दा अन्तिम अन्तर्वार्ता सन् १९५८ को मे महिनामा दिए । इक्वायर पत्रिकाको लागि रोबर्ट इमेट जिन्नाले त्यो अन्तर्वार्ता लिएका थिए । इक्वायरसँगको अन्तर्वार्ताका अतिरिक्त पुस्तकमा हेमिङ्ग्वेका अन्य तीनवटा अन्तर्वार्ता समावेश छन्–सन् १९५४ को मे महिनामा ‘द पेरिस रिभ्यु’ साहित्यिक पत्रिकाको लािग जर्ज प्लिम्पटनसँगको अन्तर्वार्ता, त्यही सालको डिसेम्बर महिनामा ‘द एटलान्टा’ मासिकको लागि रोबर्ट म्यानिङ र सन् १९५८ को अप्रिलमा ‘द स्टार विक्ली’ पत्रिकाको लागि ल्योड लकहर्टसँगको अन्तर्वार्ता । पेरिस रिभ्युलाई दिएको अन्तर्वार्ता संवादको शैलीमा छ । बाँकी अन्तर्वार्ता हेमिङ्ग्वेसँगको भेटघाटमा आधारित भएर लेखिएको लेख शैलीका छन् ।
ती चारै अन्तर्वार्ता दिंदा हेमिङ्ग्वे आफ्नो जीवनको निवृत्त समय बाँचिरहेका थिए । उमेरले मात्र होइन, दुईपटकको विमान दुर्घटनाका कारण पनि उनी शिथिल बनिसकेका थिए । कसैसँग संवाद गर्नुभन्दा उनी एक्लै बस्नमै रमाउने भएका थिए । तर, जीवनमा सधैं लेखक बन्ने चाहना भएका उनको कलम भने शिथिल बनेको थिएन । उनले भनेका छन्, “लेखन मेरो प्रमुख कमजोरी र ठूलो सन्तुष्टिको विषय हो । मृत्युले मात्र मलाई लेख्न रोक्न सक्नेछ । आर्थिक सुरक्षाले लेखनमा ठूलो सहायता गर्छ किनभने तपाईँले आर्थिक विपत्तिको चिन्ता गरिरहनु पर्दैन । चिन्ताले लेखनलाई क्षति पु¥याउने गर्छ ।”
न्यु योर्क बस्ने उनका सबै मिल्ने साथीहरूको निधन भइसकेको हुनाले त्यहाँ जाने उनको रहर मरिसकेको थियो । उनी ‘खाली खुट्टा हाफ पाइन्ट लगाएरै’ फिन्का भिजियामा बस्न रमाइरहेका थिए । उनले अन्तर्वार्तामा भनेका छन्, “तपार्इँ जतिजति लेख्दै जानुहुन्छ, त्यत्ति नै एक्ंिलदै जानुहुनेछ ।”
हेमिङ्ग्वे उस्तै साथी फेला परे ‘पिलार’ नामको जहाजमा बसेर वाइनको चुस्की तान्दै समुद्री सयर गर्न रुचाउँथे । जहाजमा खोपिएको ‘पिलार’ धमिलो बन्दै गएबाट उनको समुद्री यात्रा कम हुँदै गएको सङ्केत गर्छ ।
चारै अन्तर्वार्तामा हेमिङ्ग्वेले आफ्नो लेखन शैली, लेखक स्वभावदेखि समकालीन विभिन्न लेखकका लेखनप्रति टिप्पणी गरेका छन् । उनले नवोदित लेखकहरूलाई लेखनसम्बन्धी केही टिप्स दिएका छन् । पत्रकारिताबाट लेखनमा उक्लिएका हेमिङ्ग्वे नवोदित लेखकहरूको लागि पत्रिकामा लेख्नु राम्रो हुने तर एउटा बिन्दुमा असल लेखकले पत्रपत्रिकामा लेखिरहनु गम्भीर सिर्जनात्मक लेखनको अपव्यय हुने बताएका छन् ।
पेरिस रिभ्युलाई दिएको अन्तर्वार्तामा उनले आफ्नो उपन्यास ‘द सन अल्सो राइजेज’ र केही कथाहरूका रचना गर्भ र लेखन प्रक्रियाबारे चर्चा गरेका छन् ।
हेमिङ्ग्वेजस्ता कहलिएका लेखकका पात्रहरूको जन्म कहाँ हुन्छ ? सबै लेखकका लागि जस्तै उनको लागि पनि समाज नै पात्रहरूको स्रोत हो । तर, लेखक कुन पृष्ठभूमिमा हुर्कियो, उसको परिवारको इतिहाससँग पनि लेखन प्रभावित हुने उनले अनुभव गरेका छन् ।
लेखक न्यायाधीश हो वा होइन ? लेखकले न्याय र अन्याय छुट्याउने हैसियत राख्छ वा राख्दैन ? के न्याय के अन्याय भन्ने कुरा लेखकले निक्र्योल गर्न मिल्छ वा मिल्दैन ? यी प्रश्नको उत्तरमा आउने मत भिन्न भिन्न हुनसक्छन् । लेखकले न्याय अन्याय छुट्याउने हो भने न्यायाधीशको के काम भन्ने तर्क पनि होलान् । तर, हेमिङ्ग्वे लेखकसँग न्याय के र अन्याय के हो भन्ने कुरा सुँघ्ने क्षमता नहुने हो भने उसले उपन्यास लेख्नुभन्दा कुनै विद्यालयको वार्षिक पुस्तिका सम्पादनमा समय दिनु उपयुक्त हुने विचार राख्छन् अर्थात् लेखक न्याय–अन्यायको गहिरो चेतना बोकेको मानिस हुनुपर्छ ।
अन्तर्वार्तामा हेमिङ्ग्वे विभिन्न प्रसङ्गमा दिएका केही रोचक अभिव्यक्ति पढौं ः—
िरातमा आउने विचार सामान्यतः बेकामको हुन्छ । राति गरेको काम तपार्इँले फेरि दिउँसो दोहो¥याउनुपर्ने हुन्छ ।
िमेरो विचारमा मोटो शरीरले दिमागलाई पनि मोटो बनाउँछ । मलाई आत्माको बारेमा त केही थाहा छैन तर मलाई लाग्छ–मोटो दिमागले आत्मालाई पनि मोटो बनाउँछ ।
िलेखन र समालोचनाबीच कुनै शत्रुता हुनुहुन्न भन्ने मलाई लागिरहन्छ । बरु एक आपसमा सहयोगको भावना हुनु जरुरी छ ।
िज्ञानको आविष्कार गर्नु भनेको सत्यको आविष्कार गर्नु हो ।
िम क्युवा मन पराउँछु किनभने म क्युवालाई प्रेम गर्छु । त्यसको अर्थ म अन्य ठाउँ मन पराउँदिन भनेको होइन । क्युवामा म लेख्न एकान्त पाउँछु ।
अन्तर्वार्ता र भेटघाटमा आधारित लेखहरू पढ्दा आफ्नो जीवनको उत्तर्राद्र्ध हेमिङ्ग्वेले एक जना लेखकको रूपमा भरपुर आरामदायी समय व्यतीत गरेको बुझ्न सकिन्छ । उनी ती दिनमा दैनिक ४ सयदेखि ७ सय शब्दसम्म लेख्थे । उनकी जहान उनलाई एक हजार शब्दसम्म लेख्न उत्साहित गर्थिन् । विभिन्न देशबाट उनको नाममा पत्र र पुस्तक फिन्का भिजिया पुग्थे । ‘पापा’ भनेर बोलाउने केही क्युवाली सहयोगीहरू उनलाई ती पुस्तक र पत्रिका ल्याउन मद्दत गर्थे ।
हेमिङग्वे र उनको लेखनशैलीको पृष्ठभूमिलाई बुझ्न यो सानो पुस्तक उपयोगी छ । नेपाली भाषामा उनको ‘ओल्ड म्यान एन्ड सी’ अनुवाद भएको छ । तर, उनका अरु कृति नेपालीमा अनुवाद भएको देखिंदैन । जीवनका अन्तिम दिन उनले संरा अमेरिकाकै इडाहोमा बिताए । डिप्रेसनको समस्याले सताउन थालेपछि उनले आफ्नो प्रित्ूमि क्युवा छोडेका थिए ।
आजभोलि हेमिङ्ग्वेको निवास फिन्का भिजियालाई क्युवाको सरकारले सङ्ग्रहालयको रूपमा संरक्षण गरेको छ ।
Leave a Reply