कबड्डी प्रतियोगितामा सहभागी हुन जाने खेलाडीलाई बिदाइ तथा शुभकामना
- कार्तिक २०, २०८३
काठमाडौँ, १४ वैशाख । खेलकुद समूह कीर्तिपुरको आयोजनामा भएको एघारौँ सहिद स्मृति कप ब्याडमिन्टन प्रतियोगिता शनिबार सम्पन्न भयो ।
फाइनल खेलमा प्रमोद÷सुमन महर्जनको जोडीले राजकुमारी पोखरेल÷सविन श्रेष्ठको जोडीलाई २१–१०, १४–२१ र २१–१६ को प्रतिस्पर्धात्मक सेटले पराजित गरी उपाधि हात पारेको छ ।
प्रतियोगितामा प्रमोद महर्जन र सुमन महर्जन प्रथम, राजकुमार पोखरेल र सविन श्रेष्ठ द्वितीय र तृतीयमा नवीन महर्जन र श्यामभक्त महर्जन, अमित महर्जन र जितेन्द्र महर्जन हुन सफल भए ।
त्यसैगरी वर्ष खेलाडी २०७५ मा राजेन्द्र श्रेष्ठलाई घोषणा गरियो भने ६ जना उदयमान खेलाडीहरू घोषणा गरियो ।
विजयी खेलाडीहरूलाई प्रमुख अतिथि नेमकिपाका वैकल्पिक केन्द्रीय सदस्य एवम् प्रदेश नं. ३ का सांसद सुरेन्द्रराज गोसाईं, काठमाडौँ ब्याडमिन्टन सङ्घका अध्यक्ष दयाराम डंगोल, पूर्व अध्यक्ष दुर्कमान महर्जनलगायतले ट्रफी, प्रमाणपत्र, मेडल र नगद पुरस्कार प्रदान गर्नुभएको थियो ।
त्यसक्रममा प्रमुख अतिथि सुरेन्द्रराज गोसाईंले कीर्तिपुर क्षेत्रको खेलप्रति लगाव देख्दा सा¥है खुसी महसुस भएको बताउँदै कीर्तिपुर क्षेत्रमा पुग्दा साहित्यिक र राजनीतिक क्षेत्रको रूपमा कीर्तिपुरवासीहरूसँग परिचित हुने अवसर मिलेको बताउनुभयो । उहाँले कीर्तिपुरको राजनीतिक इतिहास ‘कीर्तिपुरको युद्ध’ पुस्तक पटकपटक पढ्ने गरेको र खेलाडीहरूले राजनीतिक दृष्टिले पनि विचार गर्नुपर्ने अवस्था आएको अवगत गराउनुभयो ।
देशमा दुईतिहाइको बहुमत प्राप्त सरकार भएको बेला भ्रष्टाचार बढेको कुरा औँल्याउँदै खेलाडीहरूको कुशलता र अनुशासनबाट शिक्षा लिनुपर्ने आवश्यकता रहेको उल्लेख गर्नुभयो । उहाँले देशका शासक राजनीतिक खेलाडीहरू बेइमान बनेकोमा दुःख लागेको बताउनुभयो ।
त्यसैगरी प्रदेश नं. ३ उदाहरणीय प्रदेश बन्नुपर्नेमा दुईतिहाइ बहुमत भएर पनि केही काम गर्न नसकेको बताउनुभयो ।
विशेष अतिथि कीर्तिपुर नगरपालिकाका प्रमुख रमेश महर्जनले कीर्तिपुर क्षेत्रमा खेलकुद प्रतियोगितालाई निरन्तरता दिएकोमा आयोजकलाई धन्यवाद दिनुभयो । उहाँले कीर्तिपुर नगर क्षेत्रमा नगरपालिकाको तर्फबाट ५ वटा खेलको प्रशिक्षण दिइरहेको र ब्याडमिन्टन खेलमा ६० जना प्रशिक्षणमा रहेको स्मरण गराउनुभयो ।
अतिथि प्रा.डा. रामकृष्ण महर्जनले खेलकुद विज्ञानको रूपमा अहिले पठनपाठन भैरहेको स्मरण गर्दे खेलाडी साथीहरूको लगावलाई धन्यवाद दिनुभयो ।
काठमाडौँ ब्याडमिन्टन सङ्घका अध्यक्ष दीपक थापाले कीर्तिपुरको रमणीय क्षेत्रमा आएर खेलाडीहरूको कुशलता हेर्न अवसर मिलेको र खेलाडीहरूले धेरै मेहेनत गर्नुभएको बताउनुभयो । आयोजकले एघारौँ पटकसम्म निरन्तरता दिई खेलाडीलाई प्रोत्साहन दिइरहेको अवस्थामा सङ्घको तर्फबाट पनि २५ हजार अक्षयकोषमा राख्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
कीर्तिपुर ब्याडमिन्टन क्लवका पूर्व अध्यक्ष ई.दुर्कमान महर्जनले खेलकुदको निरन्तरताको कामना गर्दै निरन्तर आफ्नो तर्फबाट सहयोग गरिरहने बताउनुभयो ।
युवा खेलकुद समूहका संयोजक हरिकुमार महर्जनको सभापतित्वमा भएको कार्यक्रममा मण्डला ब्याडमिन्टन क्लवका अध्यक्ष देवेन्द्र प्रधान र आयोजक समितिका अध्यक्ष नारायण महर्जनले पनि बोल्नुभएको थियो ।
२०४६ सालको जनआन्दोलनमा कीर्तिपुर क्षेत्रबाट शहादत प्राप्त सहिदहरूको स्मृतिमा कार्यक्रम हुँदै आएको छ ।
Leave a Reply