भर्खरै :

श्रीलङ्का आक्रमण ः प्राय स्लामिक अतिवादी मारिएका वा पक्राउ परेका प्रधानमन्त्रीको दावी

कोलम्बो, श्रीलङ्का, १५ वैशाख (रासस÷एएफपी) ः श्रीलङ्कामा गत आइतबार भएको आत्मघाती आक्रमणमा सम्लग्न अतिवादी स्लामिक समूहका सदस्यहरू मारिएका तथा पक्राउ परेका र मुलुकको अवस्था सामान्य बनिसकेको प्रधानमन्त्री रनिल विक्रमासिङ्घेले आइतबार बताउनुभएको छ । प्रधानमन्त्रीले भन्नुभयो, “आगामी दिनमा यस किसिमका घटना हुन नदिन पूर्व सावधानीस्वरूप स्लामिक अतिवादी समूहविरूद्ध सरकारले कडा कानूनी व्यवस्था गर्ने योजना ल्याएको छ । श्रीलङ्कामा गैरकानूनी रूपमा काम गर्दै आएका विदेशी क्रिश्चियन धार्मिक नेतालाई पनि फिर्ता गरिने छ ।” प्रधानमन्त्री विक्रमासिङ्गेले आइतबार एक विज्ञप्ति जारी गर्दै भन्नुभएको छ, “गत साता २५३ जनाको ज्यान जानेगरी भएको आत्मघाती आक्रमण एउटा सानो तर सुसङ्गठित समूहले गराएको अनुसन्धानबाट थाहा भैसकेको छ ।” “आक्रमणमा सम्लग्न अधिकांशलाई सरकारले पक्राउ गरिसकेको छ भने केही मारिएका छन्,” उहाँले भन्नुभयो । “अब देशको सुरक्षास्थिति सामान्य बनिसकेको छ ।सबै मिलेर सम्पूर्ण समुदायको जनजीवनलाई सामान्य बनाउन काम गर्नुपर्छ ।” तीन गिर्जाघर तथा तीन होटेललाई लक्षित गरी गत हप्ता भएका आक्रमणमा ४० विदेशी पाहुनासहित २५३ जनाको मृत्यु भएको सरकारको तथ्याङ्क छ । आक्रमणपछि करिब १०० जनालाई पक्राउ गरिएको छ । अधिकारीका अनुसार श्रीलङ्कामा स्लामिक स्टेट समूहका करिब १४० अनुयायी रहेका छन् । सरकारले शनिकबारदेखि लागु हुनेगरी आपतकालीन कानूनी व्यवस्थामार्फत गत हप्ताको आक्रमणहरूमा सम्लग्न रहेको भनिएको अतिवादी स्लामिक समूह नेशनल तोहित जमात (एनटिजे) समूहमाथि रोक लगाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *