भर्खरै :

चक्रपातपीडितको राहत र पुनःनिर्माणबारे छलफल हुने

काठमाडौँ, १५ वैशाख (रासस)ः राज्यव्यवस्था तथा सुशासन समितिले बारा र पर्सामा असिना पानीसहित आएको हावाहुरी र चक्रपातको घटनाका पीडितलाई राहत दिने सम्वन्धमा हालसम्म भइरहेको प्रगतिबारे गृह मन्त्रालयसहित सरोकारवाला निकायसँग छलफल गर्ने भएको छ । समितिका सदस्यसहितको टोलीले हावाहुरी प्रभावित क्षेत्रको अवलोकन गरी त्यहाँ भइरहेको राहत र क्षतिको विवरणसहितको प्रतिवेदन समितिसमक्ष बुझाएको थियो । आगामी वैठकमा सम्वन्धित मन्त्रालय र निकायलाई बोलाएर छलफल गर्ने निर्णयका साथ आजको बैठक स्थगन भएको समितिका सदस्य रामसहाप्रसाद यादवले जानकारी दिनुभयो । सतितिको प्रतिवेदनमा मधेशमा अहिले अत्यधिक गर्मीको अवस्था रहेकाले चक्रपातबाट पीडितले निकै दुःख कष्ट झेल्नु परेको हुँदा आगामी वर्खा अघि नै पुनर्वास र पुनःनिर्माण कार्य सक्ने गरी कार्यक्रम बनाउन सरकारलाई निर्देशन दिनुपर्ने आवश्यकता औँल्याइएको छ । सरोकारवाला मन्त्रालयका पदाधिकारीलाई बोलाएर सो विषयमा गम्भीर ध्यानाकर्षण गराउँदै जनतालाई तत्काल राहत दिनुपर्छ भन्नेबारे विभिन्न कोणबाट वैठकमा छलफल भएको सांसद यादवले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *