सन्दर्भ : क्रिस हानी जन्म दिवस (जून २८) – अफ्रिकी स्वतन्त्रता आन्दोलनका योद्धा तथा कम्युनिस्ट नेता क्रिस हानी – ४
- असार १५, २०८३
फेरि पनि सेमेस्टर प्रणालीको कुरा
त्रिभुवन विश्वविद्यालयले चैत १६ गते ‘अन्तिम पटक’ राजनीतिशास्त्र र जनप्रशासन विषयको स्नातकोत्तर तहमा खुलेको प्राइभेटतिरको आवेदन भर्ने सोमबार अन्तिम दिन थियो । दुई विषयमा प्राइभेट परीक्षा दिन बल्खुस्थित परीक्षा नियन्त्रण कार्यालयमा दसौं हजार विद्यार्थीहरूको भीड थियो । परीक्षा नियन्त्रण कार्यालय परिसरभित्र रहेका नेपाल बैङ्क र ग्लोबल आइएमई बैङ्कलाई विद्यार्थीहरूको दस्तुर बुझ्न हम्मेहम्मे परेको थियो । ग्लोबल आइएमई बैङ्कले कीर्तिपुर, कुलेश्वर, कलङ्कीमा रहेका शाखामार्फत दस्तुर बुझ्न व्यवस्था मिलाएको थियो । तर, त्यही पनि उचित व्यवस्थापन गर्न कर्मचारीलाई गाह«ो भएको देखियो ।
त्रिविले हतारमा वार्षिक प्रणाली हटाएर सेमेस्टर प्रणाली लागू ग¥यो । वार्षिक प्रणालीले समेटेका हजारौँ विद्यार्थीलाई सेमेस्टर प्रणालीले समेट्न सकेन अथवा त्यसको निम्ति उचित व्यवस्था र पूर्वाधारको निर्माण नै नगरी सेमेस्टर प्रणाली लागू ग¥यो । फलतः आर्थिक क्षमता भएका विद्यार्थीले स्नातकोत्तर तह निजी कलेजबाट गर्नुप¥यो भने नसक्ने विश्वविद्यालयको परिधिभित्र बाहिर रहे ।
वार्षिक प्रणालीका कारण विश्वविद्यालय शिक्षा गुणस्तरहीन भएको तर्कका आधारमा सेमेस्टर प्रणाली लागू गरियो । तर, सेमेस्टर प्रणालीमा पनि वार्षिक प्रणालीकै समस्या देखिएका छन् । प्रणाली स्वयम् नै विकृति वा गुणस्तरहीनको कारक हुने गर्दैन । बरु वार्षिक प्रणालीका समस्या समाधानको उपायको खोजी गर्नुको सट्टा विद्यार्थीलाई विश्वविद्यालयको ढोकाबाट बाहिर राखेर मूल समस्याबाटै भाग्न खोजेको देखियो । त्यही कारण आज सेमेस्टर प्रणालीमा पनि उस्तै समस्या देखिएका छन् । सेमेस्टर प्रणालीकै कारण विश्वविद्यालय शिक्षा अझ समाजको तल्लो वर्गको पहुँचबाट टाढिएको छ । निम्न आय भएको परिवारका विद्यार्थीले रोजगार गरेर पनि उच्च शिक्षा हासिल गर्ने सुविधा वार्षिक प्रणालीमा प्राप्त थियो । सेमेस्टर प्रणालीले आफ्नो लागि आफैं कमाएर पढाइ खर्च धान्नुपर्ने विद्यार्थीको निम्ति विश्वविद्यालय शिक्षा पहुँच बाहिर पारेको छ ।
विश्वविद्यालय शिक्षामा सीमित वर्गको प्रभुत्व जमाउने माध्यम बनेको छ–सेमेस्टर प्रणाली । विश्वविद्यालय शिक्षाको गुणस्तर वृद्धिको नाममा लागू गरिएको सेमेस्टर प्रणालीले आजसम्म नयाँ पाठ्यक्रम निर्माण गर्न सकेको छैन । वार्षिक प्रणालीअन्तर्गतकै पाठ्यक्रमलाई खण्डीकरण गरी सेमेस्टर प्रणालीको कार्यान्वयन भइरहेको छ । त्रिविले न सेमेस्टर प्रणालीलाई लिएर आफूले दिएका वचन पूरा गर्न सकेको छ न वार्षिक प्रणालीप्रतिको मोह नै त्याग्न सकिरहेको छ । राजनीतिशास्त्र र जनप्रशासन विषयमा खुलेका प्राइभेट परीक्षा आवेदनकै लागि दसौं हजार विद्यार्थीको भीड र त्यसबाट हुने आम्दानीका कारण त्रिविले तत्कालै यो आम्दानीको बाटो पनि छोडिहाल्ने अवस्था छैन ।
विश्वविद्यालय शिक्षाप्रति नेपाली युवाहरूको प्यासको प्रतिबिम्ब पछिल्लो एक महिना पनिकामा देखिएको विद्यार्थीको भीडबाट आङ्कलन गर्न सकिन्छ । यी विद्यार्थीलाई विश्वविद्यालयभित्र सेमेस्टर प्रणालीले ल्याउन सकेको देखिएन । वार्षिक प्रणालीमा समस्या भए रोजगारी गरेर पढ्नुपर्ने सामाजिक समूहका विद्यार्थीलाई विश्वविद्यालयमा समेट्ने अर्को तरिकाबारे राज्यले विकल्प दिन जरुरी छ । सरकारी स्वामित्वको विश्वविद्यालयले सीमित विद्यार्थीको लागि मात्र ढोका खुला गरेर बाँकी विद्यार्थीलाई निजी कलेजकै शरणमा पर्नुपर्ने बाध्यताबाट मुक्त गर्न जरुरी छ । शिक्षा कुनै वर्गको पहुँचको विषय बन्नुहुन्न । समुन्नत समाज निर्माणको आधार भनेको शिक्षा हो । शिक्षामा विभेदले समाजमा नयाँ नयाँ विद्रोहको विजारोपण गर्नेछ ।
Leave a Reply