बाराहीको साधारणसभासम्बन्धी विस्तारित बैठक
- आश्विन ३, २०८३
भक्तपुर, ३ असोज । सामूहिक बचत तथा ऋण सहकारीको २८ औँ वार्षिक साधारणसभा शनिबार सम्पन्न भयो ।
संस्थाका अध्यक्ष राजाभाइ भेले श्रेष्ठको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा उपाध्यक्ष कृष्णहरि सैँजुले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो ।
सभामा आर्थिक वर्ष २०८२/०८३ का सर्वोत्कृष्ट बचतकर्ता, ऋणी तथा संस्थाका कर्मचारीहरूलाई उहाँहरूले पु¥याउनुभएको योगदानको कदर गर्दै सम्मान गरिएको थियो । कार्यक्रममा संस्थाका अतिथि शिवजी हाडाले आफू आबद्ध संस्थाको निरन्तर प्रगति र सफलताले सदस्यहरूमा पनि गर्व र विश्वासको अनुभूति गराउने बताउनुभयो ।
कार्यक्रममा संस्थाका निवर्तमान अध्यक्ष धनेशराज राजोपाध्यायले संस्थाको खराब ऋण व्यवस्थापनलाई प्राथमिकतामा राखेर अघि बढ्नुपर्नेमा जोड दिनुभयो ।
बाग्मती जिल्ला बचत तथा ऋण सहकारी सङ्घका सञ्चालक कृष्णगोविन्द लाखाजु र जिल्ला बचत तथा ऋण सहकारी सङ्घ लि. का अध्यक्ष हरिकृष्ण बल्लले वर्तमान अवस्थामा सहकारी ऐन, नियम तथा संस्था सञ्चालनमा देखिएका व्यावहारिक चुनौतीहरूका विषयमा बोल्नुभएको थियो ।
Leave a Reply