भर्खरै :

बाराहीको साधारणसभासम्बन्धी विस्तारित बैठक

बाराहीको साधारणसभासम्बन्धी विस्तारित बैठक

भक्तपुर, ३ असोज । बाराही बचत तथा ऋण सहकारी संस्था लि.को २७ औँ वार्षिक साधारणसभाको विस्तारित बैठक असोज ३ गते शनिबार बोलाछेँमा सम्पन्न भयो ।
संस्थाको वार्षिक साधारणसभाअन्तर्गत आयोजना गरिएको विस्तारित बैठकमा संस्थाबाट साधारणसभामा पेस गरिने प्रस्तावहरूको बारेमा भेगीय क्षेत्रमा गई सदस्यहरूको प्रस्ताव तथा सुझावहरू सङ्कलन गर्ने, साधारणसभामा बोल्न नसक्ने सदस्यहरूको पहँुच पु¥याउने र सदस्यहरूसमक्ष थप नजिकपना, आत्मीयता, अपनत्व बोध गराउने र सदस्यहरूको महत्व तथा जिम्मेवारीबारे भलाकुसारी गर्ने थलोको रूपमा साधारणसभा पूर्वसदस्य साक्षर गराउने उद्देश्यले यो पहिलो विस्तारित बैठक भएको हो ।
बैठकले संस्थाको आगामी आर्थिक वर्षका लागि तय गरिएका नीति, योजना तथा कार्यक्रमलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्दै सदस्यहरूको आर्थिक तथा सामाजिक उन्नतिमा थप योगदान पु¥याउने दिशामा जोड दिएको छ ।
सहभागी सदस्यहरूबिच संस्थाको विगत वर्षको प्रगति, वित्तीय अवस्था तथा आगामी कार्यदिशा, समग्र गतिविधि, उपलब्धि तथा आगामी योजनाका बारेमा सदस्यहरूबिच अन्तरक्रिया गरिएको थियो । संस्थालाई थप व्यवस्थित, पारदर्शी, सदस्यकेन्द्रित तथा प्रविधिमैत्री बनाउँदै लैजाने विषयमा समेत सुझाव तथा विचार आदानप्रदान गरिएको थियो ।
विस्तारित बैठक कार्यक्रममा सहभागी सदस्यहरूले संस्थाको सेवा, सुविधा तथा आगामी रणनीतिका सम्बन्धमा आफ्ना जिज्ञासा, सुझाव तथा धारणा राखेका थिए । सदस्यहरूबाट प्राप्त सुझावलाई संस्थाको आगामी कार्यक्रम तथा योजनामा समेट्दै सहकारीको संस्थागत विकास र सदस्य हितलाई प्राथमिकतामा राखेर अघि बढ्ने प्रतिबद्धता व्यक्त गरिएको थियो ।
संस्थाका अध्यक्ष राधेश्याम सुवालले संस्थाको विगतको प्रगतिलाई सदस्य, सञ्चालक समिति, विभिन्न उपसमिति तथा कर्मचारीहरूको सामूहिक प्रयासको परिणाम भएको बताउँदै आगामी दिनमा सबै पक्षबिचको सहकार्यलाई निरन्तरता दिनुपर्नेमा जोड दिनुभयो । सदस्यहरूलाई नियमित रूपमा बचत गर्ने बानीलाई अझ प्रभावकारी बनाउन आग्रह गर्दै नियमित बचतले सदस्यको व्यक्तिगत आर्थिक सुरक्षा मात्र नभई संस्थाको वित्तीय आधारलाई समेत बलियो बनाउने धारणा व्यक्त गर्नुभयो । “सहकारीको वास्तविक शक्ति सदस्यहरू हुन् र सदस्यको विश्वास नै संस्थाको मुख्य पुँजी हो,” उहाँले भन्नुभयो ।
उहाँले संस्थाको ऋण लगानीलाई उत्पादनशील क्षेत्रमा केन्द्रित गर्दै ऋणको सदुपयोग तथा समयमै भुक्तानी गर्ने संस्कार विकास गर्नुपर्ने, डिजिटल तथा प्रविधिमैत्री सेवाको विस्तार, युवा तथा नयाँ पुस्तालाई सहकारी अभियानसँग जोड्दै वित्तीय साक्षरता, सीप विकास तथा उद्यमशीलतामार्फत आत्मनिर्भर बनाउनमा जोड दिँदै विस्तारित बैठकमा सदस्यहरूबाट प्राप्त सुझाव, जिज्ञासा र प्रतिक्रियालाई संस्थाको नीति तथा कार्यक्रम निर्माणमा महत्वपूर्ण आधारका रूपमा लिइने उहाँले बताउनुभयो ।
सहकारी क्षेत्रमा पछिल्लो समय देखिएका चुनौतीलाई मध्यनजर गर्दै संस्थाले सुशासन, पारदर्शिता, जवाफदेहिता, वित्तीय अनुशासन र सदस्य हितलाई प्राथमिकतामा राखेर कार्यसम्पादन गर्दै आएको उहाँले बताउनुभयो ।
विस्तारित बैठकमा संस्थाका उपाध्यक्ष बलराम प्रजापति, सचिव विष्णुप्रसाद सुवाल, कोषाध्यक्ष रत्नकेशरी सुखुपायो तथा व्यवस्थापक शिवजी हाकुदुवाल, सञ्चालक सदस्य पुनेन्द्रप्रसाद कुसी, लेखा सुपरिवेक्षण समितिका संयोजक बालकृष्ण नागाले पनि बोल्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *