इरानका सर्त पूरा नभएसम्म हर्मुज जलडमरु नखुल्ने
- कार्तिक १९, २०८३
नयाँ दिल्ली, २९ अप्रिल । भारतीय काङ्ग्रेसको तर्फबाट सांसद सुस्मिता देवले चालू निर्वाचनमा प्रधानमन्त्री नरेन्द्र मोदी र भारतीय जनता पार्टीका अध्यक्ष अमित साहले निर्वाचनको आचारसंहिता उल्लङ्घन गरेको भन्दै सर्वोच्च अदालत गएकी छिन् ।
अखिल भारत महिला काङ्ग्रेसका सभापति देवले मोदी र साहले चुनावी अभियानको क्रममा घृणा फैलाउने भाषण गरेको र पटक–पटक भारतीय सेनालाई ‘राजनीतिक प्रचारबाजी’ मा प्रयोग गरेर आचारसंहिता उल्लङ्घन गरेको बताएकी छिन् ।
आचारसंहिताविपरीत प्रधानमन्त्री मोदीले गएको अप्रिल २३ मा गुजरातमा मतदान गरिसके पनि चुनावी ¥याली गरेको उनको आरोप छ ।
उनले अदालतसमक्ष यथाशक्य चाँडो कारबाही गर्न माग गरेकी छिन् ।
रिटकर्ताले यो विषयमा तीन साताभन्दा लामो समयसम्म निर्णय गर्न कुनै खालको विलम्ब गरे यो आफैंमा निर्णय हुने भन्दै शीघ्रातिशीघ्र फैसला माग गरेकी छिन् ।
प्रधानमन्त्री मोदीविरुद्ध पहिलो पटक गएको अप्रिल ९ मा आचारसंहिता उल्लङ्घनको उजुरी गरेको थियो । त्यो दिन आयोजित चुनावी ¥यालीमा उनले मतदातासमक्ष सुरक्षाकर्मीप्रति समर्पित मत मागेका थिए । सो सम्बन्धमा निर्वाचन आयोगले सो दिनको मन्तव्यको पुनरावलोकन गरिरहेको बताएको छ ।
Leave a Reply