भर्खरै :

यान्त्रिकीकरणले शारीरिक श्रमिक घट्दै

भक्तपुर, १७ वैशाख । नेपाल कर्मचारी समाज प्रभात इङ्गलिस सेकेण्डरी स्कूल एकाइ समितिले मङ्गलबार १३० औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस (मे दिवस) को अवसरमा प्रवचन कार्यक्रमको आयोजना ग¥यो ।
उक्त कार्यक्रममा नेमकिपाका केन्द्रीय सचिव एवम् सांसद प्रेम सुवालले समाजवादी व्यवस्थामा योग्यताअनुसार काम, कामअनुसारको ज्याला पाउने विचार व्यक्त गर्नुभयो ।
यान्त्रिकीकरणले शारीरिक मजदुरहरूको सङ्ख्या घटिरहेको उल्लेख गर्दै सांसद सुवालले बौद्धिक मजदुर र शारीरिक मजदुरहरूको चर्चा गर्नुभयो ।
“समाज परिवर्तनको लागि शिक्षितहरूको योगदान महत्वपूर्ण हुन्छ”, उहाँले भन्नुभयो ।
नेमकिपाका प्रदेश सांसद सृजना सैजूले शोषणविरुद्ध मजदुरहरूले गरेको आन्दोलनको स्मरण गर्दै देशको अर्थतन्त्र पुँजीपति वर्गको हातमा रहेसम्म श्रमजीवी वर्गको हित नहुने बताउनुभयो ।
नेपालको मजदुर आन्दोलनलाई वैचारिकरूपमा अगाडि बढाउने काम नेमकिपाले गरिरहेको विचार व्यक्त गर्दै उहाँले उत्पादन श्रमसँग जोडिएको शिक्षाको आवश्यकता छ भन्नुभयो ।
भृकुटी कागज कारखाना, हेटौँडा कपडा कारखाना, बाँसबारी छाला जुत्ता कारखाना आदि कौडीको मूल्यमा व्यक्तिलाई बेचेर सत्तासीन दलका नेताहरू सरकारको जिम्मेवारीबाट पन्छिंदै गइरहेको बताउनुभयो ।
प्राध्यापक समाजका सुजन माकले औद्योगिक क्रान्तिसँगै पुँजीपति र मजदुर वर्गको उत्पति भएको चर्चा गर्दै माक्र्स र एँगेल्सका ग्रन्थले मजदुर आन्दोलन उचाइमा पु¥याउन मद्दत पुगेको बताउनुभयो ।
धेरै काम गरेर कम पारिश्रमिक पाउने मजदुरहरूले भोगेको विगतको समस्या केलाउँदै उहाँले मजदुर आन्दोलनले नै ८ घण्टा काम, ८ घण्टा आराम र ८ घण्टा मनोरञ्जन गर्न पाउने सुविधा पाएको हो भन्नुभयो ।
कर्मचारी समाजका केन्द्रीय अध्यक्ष गौतमप्रसाद लासिवाले हरेक आन्दोलन र दिवसलाई जनतालाई राजनीतिक र वैचारिकरूपले सचेत बनाउने अभियानको रूपमा लिनुपर्ने आवश्यकता औँल्याउँदै समाजवाद र पुँजीवादको भेदबारे जनतालाई सुसूचित पार्नुपर्छ भन्नुभयो ।
कार्यक्रम प्रभात इङ्गलिस सेकेण्डरी स्कूलका प्राचार्य केबी प्रजापतिको सभापतित्वमा भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *