हर्मुजकेन्द्रित अमेरिकी आक्रमण अझ तीव्र
- श्रावण १, २०८३
काठमाडौँ, १८ वैशाख । मङ्गलबार अप्रिल ३० का दिन भेनेजुयलाका स्वघोषित अन्तरिम राष्ट्रपति ह्वान ग्वाइडो र नजरबन्दमा रहेका दक्षिणपन्थी नेता लियोपोल्डो लोपेज र भेनेजुयाली सशस्त्र बलका केही सदस्यहरू मिलेर सैनिक विद्रोहको असफल प्रयास गरेका छन् । तिनीहरूले राजधानी काराकासको पूर्वी भाग भएर गएको एक राजमार्ग बन्द गरेर भेनेजुयलाको सेनालाई वैधानिक राष्ट्रपति निकोलस माडुरो सरकारविरुद्ध विद्रोहका निम्ति आह्वान गरेका थिए ।
समाचार अनुसार भेनेजुयलाको प्रहरी गुप्तचर सेवाको एक समूहले मङ्गलबार बिहानै घरमै नजरबन्दमा रहेका दक्षिणपन्थी नेता लियोपोल्डो लोपेजलाई मुक्त गरेको थियो । त्यसपछि लोपेज सिधै ला कार्लोटा विमानस्थल नजिक अल्टामिरा राजमार्ग बन्द गरेर बसेका ग्वाइडो र दक्षिणपन्थी प्रदर्शनकारीहरूसँग मिल्न पुगेका थिए । ग्वाइडो र लोपेजले सँगै बसेर फोटो खिचाउनुका साथै सेनालाई विद्रोहमा साामेल हुन आह्वान गर्दै भिडियो बनाएर सामाजिक सञ्जालमा अपलोड गरेका थिए । ग्वाइडोले यो विद्रोह माडुरो सरकारविरुद्ध अन्तिम चरणको सङ्घर्ष भएको दाबी गरेका थिए । ला कार्लाेटा विनानस्थल सुरक्षार्थ बसेका सेना र ग्वाइडोको विद्रोहमा सामेल केही दर्जन सैनिकबीच केहीबेर गोली हानाहान भएको थियो र दुवैतर्फ केही घाइते पनि भएका थिए ।
भेनेजुयाली सरकारले तत्कालै प्रतिक्रिया जनाउँदै विद्रोहमा सामेल गुप्तचर सेवा र सेनाका सदस्यहरूलाई पक्राउ गरी निःशस्त्रीकरण गरेको थियो । तर, केही विद्रोही सैनिक भने प्रदर्शनकारीको भीडमा लुकेर भागेका थिए ।
सैनिक विद्रोहको खबर सुन्नासाथै चाभेजवादी नेता कार्यकर्ताहरू जन मिलिसियाका सदस्यहरू राष्ट्रपति माडुरोको सुरक्षाका लागि राष्ट्रपतीय भवन मिराफ्लोर्स दरवारको चारैतिर लाखौँको सङ्ख्यामा भेला भएका थिए । सैनिक विद्रोहको दुष्प्रयासको विरुद्ध लाखौँलाख भेनेजुयाली जनताले मङ्गलबार रातिमा राजधानी काराकस सडकमा धर्ना दिएका थिए ।
स्थानीय समयअनुसार मङ्गलबार दिउँसै रक्षामन्त्री जनरल भ्लादिमिर पाद्रिनो लोपेजले विद्रोहमा सामेल भएका मुठ्ठीभर व्यक्तिलाई पक्राउ गरिसकेको र देशभरमा नै सेनाका सबै एकाइहरूमा सामान्य अवस्था रहेको र सेना राष्ट्रपति माडुरोप्रति बफादार रहेको जानकारी दिनुभयो ।
सामाजिक सञ्जालमा भिडियो अपलोड गरेलगत्तै ग्वाइडो केही घण्टा हराएका थिए र पछि फेरि काराकासको पश्चिम भागमा केही सेनाको साथमा प्रदर्शनको नेतृत्व गर्न खोजेका थिए । तर, भेनेजुयाली नेशनल गार्ड (प्रहरी) ले उनीहरूलाई अगाडि बढ्नबाट रोकेको थियो ।
राष्ट्रपति निकोलस माडुरोले मङ्गलबार दिउँसो नै राष्ट्रका नाममा सम्बोधन गर्दै दक्षिणपन्थीहरूले सैनिक विद्रोहको दुष्प्रयास गरी देशमा नरसंहार मच्चाउन खोजेको बताउनुभयो । उहाँले अमेरिकी साम्राज्यवाद र दक्षिणपन्थीहरूको षड्यन्त्र असफल भएको घोषणा गर्दै भिडन्त रोक्नमा देशका सशस्त्र बलहरूको अडान र धैर्यताको प्रशंसा पनि गर्नुभयो ।
यसैबीच भागेर चिलीको दूतावासमा शरण लिन पुगेका दक्षिणन्थी नेता लियोपोल्डो लोपेज राति नै स्पेनको दूतावासमा लुक्न पुगेका छन् । त्यस्तै विद्रोहमा सामेल २५ जना सेनाका जवानहरू ब्राजिलको राजदूतावासमा शरण लिन पुगेको ब्राजियाली राजदूतवासले पुष्टि गरेको छ ।
यसैबीच क्युवाली गुप्तचर विभागले संरा अमेरिकाले आफ्नो सेना परिचालन गरी भेनेजुयलामा सैनिक विद्रोह गराउने दुष्प्रयास गरेको बताएको छ ।
क्युवाका अनुसार गत सातादेखि नै क्यारिवियाली क्षेत्रमा रहेका प्युर्टाेरिको, डोमिनिकन रिपब्लिकन, कोलम्बिया र ब्राजिलमा अमेरिकी सैनिक विमानहरू आवतजावत गरेका थिए ।
अमेरिकी सेना नै भेनेजुयाली सेनाको पोशाक लगाएर सडकमा उत्रेको र विद्रोह असफल भइसकेपछि ब्राजिल, चिलीलगायत देशका दूतावासमा पुगेको आशङ्का गरिएको छ ।
Leave a Reply