ख्वप इन्जिनियरिङ कलेजमा सेमेस्टर टपर र गरिब तथा जेहनदार विद्यार्थीहरूलाई छात्रवृत्ति वितरण
- श्रावण १, २०८३
भक्तपुर, १८ वैशाख । १३० औँ अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा भक्तपुर नगरपालिकाद्वारा सञ्चालित कलेजहरूको आयोजनामा बुधबार ख्वप कलेजमा प्रवचन कार्यक्रम भयो ।
कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छें (रोहित) ले भेनेजुयलामाथि संरा अमेरिकाको हस्तक्षेप निन्दनीय भएको बताउनुभएको छ । सार्वभौम देश भेनेजुयलामाथि संरा अमेरिकी साम्राज्यवादी हस्तक्षेपबारे चर्चा गर्दै उहाँले प्रश्न गर्नुभयोे, “भेनेजुयलमाथि संरा अमेरिकाले गरेजस्तै चीन र भारतले एसियामा हस्तक्षेप गरे संसारमा प्रजातन्त्र कहाँ रहन्छ रु” भेनेजुयलामा आर्थिक सङ्कट आएको नभई होइन ल्याइएको हो, भेनेजुयलाको आफ्नै स्रोत–साधन छ ।” उहाँले भन्नुभयो ।
“ठूला सञ्चारमाध्यमहरू पैसा कमाउने र पुँजीपति वर्गको सेवा गर्ने उद्देश्यले सञ्चालन भइरहेको हुँदा जनताको पक्षमा लेखेका लेख तथा समाचारहरू प्रकाशित नगरिएको हो”, उहाँले भन्नुभयो ।
कार्यक्रमका सभापति, विद्यालय÷कलेज सञ्चालक समितिका अध्यक्ष एवम् भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले संविधानको मर्म र भावनाअनुसार देश अगाडि बढ्न नसकेको बताउनुभयो ।
विद्यालय सञ्चालक समितिका उपाध्यक्ष एवम् भक्तपुर नगरपालिकाका उपमेयर रजनी जोशीले भनपाले जनताको पक्षमा काम गरिरहेको बताउनुभयो ।
कार्यक्रममा ख्वप कलेजका प्राचार्य रूपक जोशी, ख्वप माविका प्राचार्य प्रकाशकुमार श्रेष्ठ, ख्वप बहुप्राविधिक अध्ययन संस्थानका प्राचार्य डा। रत्नसुन्दर लासिवा, ख्वप इन्जिनियरिङ कलेजका प्राचार्य इ। सुजन माक र ख्वप कलेज अफ इन्जिनियरिङका प्राचार्य सुनिल दुवालले अन्तर्राष्ट्रिय श्रमिक मजदुर दिवसबारे बोल्नुभएको थियो ।
कार्यक्रममा ख्वप कलेजका उपप्राचार्य राजेशकुमार श्रेष्ठ र सुनिता गाइँसीले पनि बोल्नुभएको थियो ।
Leave a Reply