नेपाल–भारत मैत्रीको एक उदाहरणः कोसी योजना
- कार्तिक १९, २०८३
काठमाडौँ, २० वैशाख । बुद्ध दर्शन र चिया संस्कृतिको सँगसँगै अध्ययन अनुसन्धान गर्ने उद्देश्यले नेपालमा पहिलोपटक ‘लुम्बिनी बुद्धिजम एण्ड टि रिसर्च सेन्टर’ शुभारम्भ गरिएको छ ।
बुद्ध दर्शन र चिया संस्कृतिको अध्ययन अनुसन्धान गर्नका लागि खोलिएको सेन्टरको बिहीबार नेपाल पर्यटन बोर्डमा शुभारम्भ गरिएको हो ।
कार्यक्रममा संस्कृत विश्वविद्यालयका प्रा. काशीनाथ न्यौपानेले चीनमा विकसित भएको चिया संस्कृति र नेपालमा जन्मिएका गौतम बुद्धको दर्शनबीच गहिरो सम्बन्ध रहेको बताउनुभयो ।
चिनियाँ प्रा. इन चियाउले बौद्ध दर्शन र चियाको स्वाद एउटै भएको बताउँदै चिया संस्कृति र बौद्धधर्मका माध्यमबाट नेपाल–चीन सम्बन्ध अझ प्रगाढ बनाउन सकिने बताउनुभयो ।
नेपाल चिया विकास बोर्डका प्रतिनिधि गौरव लुइँटेलले नेपाली चिया र चीनबीचको सम्बन्ध पुरानो रहेकाले बुद्ध दर्शन र चिया संस्कृतिको अझै विकास गर्नुपर्ने विचार व्यक्त गर्नुभयो । रामचन्द्र कार्कीको अध्यक्षतामा स्थापना भएको सेन्टरले चीनका तीन संस्थाबीच साझेदारी सम्झौतासमेत गरेको छ ।
Leave a Reply