भर्खरै :

वाङ्मय शताब्दीपुरूष जोशी सम्मानित

काठमाडौँ, २१ वैशाख । वाङ्मय शताब्दीपुरूष सत्यमोहन जोशीलाई ‘सोफाज–ललितकला पत्रकारिता विशेष सम्मान’ प्रदान गरिएको छ ।
ललितकला पत्रकार समाजले नेपाली ललितकला पत्रकारितामा योगदान पु¥याएको भन्दै संस्कृतिविद् जोशीसहित विभिन्न व्यक्तित्वलाई सम्मान गरेको हो । लेखक, अन्वेषकका रूपमा स्थापित जोशीले विसं २००८ मा कला पत्रिका प्रकाशन गर्नुभएको जनाइएको छ ।
यस्तै ‘नारायणबहादुर सिंह ललितकला पत्रकारिता पुरस्कार’ पत्रकारद्वय सविना श्रेष्ठ (रातोपाटी डटकम) र पर्वत पोर्तेल (कान्तिपुर दैनिक) तथा सोफाज–लक्ष्मीमाया कुमाले स्मृति ललितकला पत्रकारिता पुरस्कार रेडियो सगरमाथाका रवि मानन्धरलाई प्रदान गरिएको छ । पुरस्कृत तथा सम्मानित सबैलाई जनही रू. एक हजार १११ र ताम्रपत्र प्रदान गरिएको छ ।
ललितकला पत्रकारितामा लागेका पत्रकारलाई प्रोत्साहन गर्ने उद्देश्यले चार वर्षअघि स्व. ‘नारायणबहादुर सिंह’का नाममा पुरस्कार स्थापना गरिएको समाजले जनाएको छ । सिंहको नेपाली कला पत्रकारिता र कला समीक्षाका क्षेत्रमा महत्वपूर्ण योगदान रहेको छ । विसं २०१५ बाट गोरखापत्रमा आबद्ध हुनुभएका सिंहलाई नेपालमा ललिलतकला पत्रकारिता सुरू गर्ने श्रेय जान्छ । त्यस्तै मूर्तिकार कालु कुमालेको श्रीमती लक्ष्मीमाया कुमालेको नाममा पनि ललितकला पत्रकारिता पुरस्कार स्थापना गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *