यिङस्युमा वैशाख १२ को सम्झना
- बैशाख ११, २०८३
सन् १८१४
नेपालका गोर्खालीहरू राजपूतको एक जाति । मूलरूपमा उनीहरू राजपूतनाबाट आएका थिए र हिमालयको तलतिर तराईमा, नेपालमा, त्यहाँ विजय प्राप्त गरेर बसिरहेका थिए ।
अनेक सरकारहरूको मातहतमा बसेपछि १८ औँ शताब्दीको मध्यकालमा उनीहरू एउटा सरदारको आधिपत्यमा, जो आपूmलाई ‘नेपालको राजा’ भन्थ्यो । उसले आफ्ना सीमाहरूको विस्तार ग¥यो । त्यसैको कारणले उसको सम्पर्क रणजीत शाहसँग हुने गर्दथ्यो र कहिलेकाहीँ ब्रिटिश संरक्षणमा बसिरहेका राजारजौटाहरूसँग हुने गर्दथ्यो, त्यसैले सर जर्ज बार्लो र लर्ड मिन्टोसँग उसको पहिले नै झगडा भएको थियो ।
१८१४ मा गोर्खालीहरूका विरुद्ध युद्धको घोषणा गरियो । जनरल जिलेस्पी सतलजको किनारमा अमरसिंहको नेतृत्वमा कार्यरत गोर्खाली सेनामाथि हमला गर्न तयार थियो । जनरल उडको मातहतमा रहेको अर्को डिभिजन बुटवलमाथि आक्रमण गर्न तम्तयार थियो । जनरल अक्टरलोनीको नेतृत्वमा तेस्रो डिभिजन सिमलामाथि आक्रमण गर्न, चौथो डिभिजन जनरल मार्लेको नेतृत्वमा सिधै काठ्माडौँमाथि धावा बोल्न तयार थियो ।
युद्धको खर्चको लागि अवधको नवावसँग २० लाखको ऋण लिइएको थियो । २९ अक्टोबरको दिन जिलेप्सीले खलङ्गाको किल्लामाथि हमला ग¥यो । ५ सय गोर्खालीहरूले त्यस किल्लाको रक्षा गरिरहेका थिए । जिलेप्सीले आदेश दियो – तुरुन्त हमला गर !
ऊ स्वयम्ले हमलाको नेतृत्व ग¥यो । ऊ स्वयम्लाई गोली लाग्यो, ७ सय अफिसर र सैनिकहरू गुमाइसकेपछि उसको डिभिजन आफ्नो छाउनीमा फक्र्यो ।
जब जनरल मारटिन्डेजले नेतृत्व सम्हाल्यो, उसले पनि बेकारको घेराबन्दीमा महिनौँ महिना बर्बाद ग¥यो । जब बाटो बनाउन सफल भयो, अन्ततः किल्लामाथि कब्जा गरी छाड्यो तब उसले देख्यो कि किल्ला त उनीहरूले कब्जा गर्नुभन्दा अगावै खाली गरिसकिएको थियो । त्यसका रक्षकहरू आफ्ना सबै भण्डारहरूका साथ हमला हुनुभन्दा अघिल्लो रातमै किल्लाबाट निस्केका थिए ।
आफ्नोभन्दा निकै सानो सेनामाथि विजय प्राप्त गरिसकेपछि जनरल उड डरायो । ऊ ब्रिटिश सीमातिर फर्केर गयो र पछि गरिएका पूर्ण आक्रमणको समयमा पनि आफ्ना हातहरू बन्धकी राखेर त्यतिकै बसिरह्यो ।
सन् १८१५
जनरल मार्ले, जो सीमातिर फर्केर गएको थियो, सन् १८१५को आरम्भिक त्यहीँ बसेर काठमाडौँमाथि हमला गर्नका लागि तोपहरू पर्खेर बसिरह्यो । आक्रमणको समयमा उसले आफ्नो डिभिजनलाई दुईवटा कमजोर दलहरूमा बाँड्यो । गोर्खालीहरूले ती दुवै दलहरूमाथि आक्रमण गरेर उनीहरूलाई परास्त गरे । मार्ले त्यहीँ सीमामा घुम्दैफिर्दै बसिरह्यो १० फेब्रुअरी, १८१५ मा आपूm एक्लै सीमाभन्दा पारि भाग्यो ।
१५ मे १८१५
कैयौँ महिनासम्म सफल लडाइँहरू र घेराबन्दीहरूपछि अमरसिंह मलाउ गए । जनरल अक्टरलोनीको एक महिनासम्म मलाउमाथि गोलाबारी गरिरह्यो । १५ मे मा किल्लाको पतन भयो, अमरसिंह (भक्ति थापा) घेराबन्दीमा परेर मारियो ।
यसैबीच, कुमाउ किल्लामा अल्मोडाको पतन भयो । यसको कारणले अक्टरलोनीको विरोध गर्ने गोर्खालीहरूलाई प्राप्त हुने सबै रसदपानी आदिको बाटो काटियो र उनीहरूले सम्झौता गरे ।
सन् १८१६
लामो वार्तापछि फेरि लडाइँ छेडियो । पहाडका अति कठिन बाटोबाट हिँड्दै सर डेविड अक्टरलोनी मकवानपुर पुग्यो र गोर्खालीहरूमाथि ठूलो क्षति पु¥याएर ऊ त्यहाँबाट पछि हट्यो । फेरि उसले उनीहरूसँग सन्धि ग¥यो, जसलाई गोर्खालीहरूले बफादारीका साथ निर्वाह गरे ।
सन्धिअनुसार उनीहरूलाई आफ्नो इलाकामा मात्रै सीमित भइरहन बाध्य पारिएको थियो र जुन जमिन उनीहरूले जितेका थिए, त्यसको अधिकांश भाग उनीहरूले ब्रिटिसहरूलाई दिनुपरेको थियो ।
यस लडाइँले इङ्गल्याण्ड र नेपालबीच आवागमनको मार्ग खोल्ने काम ग¥यो । अनेक गोर्खालीहरू अङ्ग्रेजहरूको सेनामा भर्ती हुन गए । उनीहरूलाई गोरखा रेजिमेन्टहरूमा जबरजस्ती राखियो । ती गोर्खालीहरू सन् १८५७ को सिपाही विद्रोहका दिनहरूमा अङ्ग्रेजहरूका लागि निकै कामलाग्दा सावित भए ।
गोर्खालीहरू युद्धको दौरानमा सुरु सुरुमा ब्रिटिस कम्पनीको, जुन पटक–पटक हार भएको थियो, त्यसैको कारणले देशी राजा–महाराजाहरूबीच पनि अशान्ति फैलिएको थियो । खासरूपले हाथरस र वरेली (दिल्ली) मा जनविद्रोह उठेका थिए ।
जङ्गबहादुरको बारेमा माक्र्स
(सन् १८५७ मा भारतमा भएको सिपाहीं विद्रोहको सन्दर्भमा)
जुलाइ–अगस्ट र सेप्टेम्बर १८५८ को बीचमा सर केलिन क्याम्पवेल, सर होव ग्रष्ट तथा जनरल वालपोल आफ्नो अधिक समय प्रमुख विद्रोहीहरूलाई पक्रन र ती सबै किल्लाहरूमाथि आधिपत्य जमाउन लगाए, जसको स्वामित्वको बारेमा झगडा थियो ।
अङ्ग्रेज कमाण्डर रोजले ग्वालियरमाथि हमला ग¥यो । विद्रोहीहरूको नेतृत्व गरिरहेका झाँसीकी रानी (लक्ष्मी वाई) र तात्या टोकेले १९ जून १८५५ को दिन तस्करको पहाडी क्षेत्रमा ऊसँग मोर्चा कसे । रानी मारिइन्, अत्यन्त ठूलो हत्याकाण्डपछि उनीहरूको सेना तितरबितर भयो । ग्वालियर अङ्ग्रेजहरूको हातमा पुग्यो ।
अवधकी वेगमले अन्य केही ठाउँमा अन्तिम पटक लड्ने कोसिस गरिन् । पछि नानासाहबसँग राप्ती नदीपारि भागेर उनीहरू अङ्ग्रेजको कुकुर, नेपालको जङ्गबहादुरद्वारा शासित क्षेत्रमा पसे ।
जङ्गबहादुरले आफ्नो देशमा पनि ती विद्रोहीहरूलाई पक्रने इजाजत अङ्ग्रेजहरूलाई दियो । यस प्रकार दुस्साहसिक लडाइँहरूको अन्तिम गिरोहलाई पनि तितरवितर गरियो ।
नानासाहब र बेगम भागेर पहाडतिर लुक्न गए । उनीहरूका अनुयायीहरूले हतियार समर्पण गरे । सन् १८५९ को प्रारम्भिक कालमा तात्या टोकेको गोप्य निवासस्थान पत्ता लगाइयो । उनीहरूमाथि मुद्दा चलाइयो र उनलाई फाँसी दिइयो ।
भनिन्छ, नानासाहबको मृत्यु नेपालमै भएको थियो ।
बरेलीका खानलाई पनि पक्रिएको थियो र उनलाई गोलीले उडाइएको थियो । लखनउको मम्मु खाँलाई आजीवन कैदको सजाय दिइयो । अन्यलाई कालापानी पठाइयो वा फरक–फरक समयावधिको लागि जेलमा पठाइयो ।
विद्रोहीहरूको अधिकांश भागले, जसको रेजिमेन्ट टुक्रिसकेको थियो, तलबाट किनार सकेको थियो । उनीहरू प्रजा बने ।
अवधको बेगम नेपालको काठमाडौँमा बस्न थालिन्
भारत महान भिक्टोरियाको साम्राज्यको एउटा प्रान्त बन्यो ।
सङ्कलनः श्यामकृष्ण खुलिमुली
Leave a Reply