भर्खरै :

मोटरसाइकलसहित तीनजना पक्राउ

मेलम्ची, २२ वैशाख (रासस) : महानगरीय ट्राफिक महाशाखा, रामशाहपथबाट खटिएको टोलीले हेलम्बु गाउँपालिका वडा नं ५ सुरुङ नजिकैबाट तीन वटा चोरीको मोटरसाइकलसहित तीन जनालाई पक्राउ गरेको छ । मोटरसाइकल चोरीमा समातिएका हेलम्बु– ५ का दीलकुमार तामाङ, हेलम्बु– ७ का नवराज तामाङ र हेलम्बु– ७ कै सिकारी भनिने अमित तामाङ छन् । इलाका प्रहरी कार्यालय हेलम्बु र इलाका प्रहरी कार्यालय मेलम्चीको सहयोगमा उनीहरुलाई पक्रन सफल भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *