भर्खरै :

दमकल अभाव

धम्बोझी, २२ वैशाख (रासस) : बर्दियाको आठवटै स्थानीय तहमा दमकल नहुँदा समस्या भएको छ । गर्मी बढेसँगै आगलागीको घट्नामा वृद्धि भएको छ । आगो निभाउन सबै ठाउँमा दमकल अभाव हुने गरेको छ । जिल्लामा तीन वटा मात्र दमकल छन् । स्थानीय तहका जनप्रतिनिधिले भने दमकलभन्दा गाडी खरिदलाई प्राथमिकता दिने गरेका छन् । आगलागीका घटना बढी हुने बाँसगढी, ठाकुरबाबा, बारबर्दिया, बढै्याताल र गेरुवामा दमकल छैन । बाँसगढी नगरपालिकाले बढैयाताल गाउँपालिसँग सहकार्य गरी दमकल खरीद गर्ने योजना बनाएको छ । आगलागीका घटना घटे जनप्रतिधिले नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई गुहार्ने गरेका छन् । प्रहरीकै भरमा आगो निभाउने गरिएको छ । ठाकुरबाबा नगरपालिकाले दुई गाडी खरीद गरेको छ तर दमकल किन्ने कुनै सुरसार छैन । दमकल उपलब्ध नहुँुदा स्थानीयवासीले दुःख पाउने गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *