भर्खरै :

२०१ आँै माक्र्स दिवस : “अवसर र सुविधाको लागि सिद्धान्त त्याग्ने माक्र्सवाद हुनसक्दैन”

काठमाडौँ, २२ वैशाख । विश्व सर्वहारा वर्गका गुरू कार्ल माक्र्सको २०१ औँ जन्म दिवसको अवसरमा नेपाल मजदुर किसान पार्टीको आयोजनामा आइतबार प्रवचन कार्यक्रम सम्पन्न भयो ।
कार्यक्रममा पार्टीका अध्यक्ष नारायणमान बिजुक्छें (रोहित) ले माक्र्सको सिद्धान्त मान्ने र व्यवहारमा लागू गर्ने मानिस माक्र्सवादी हुने बताउनुभयो ।
उहाँले आफूलाई माक्र्सवादी बुद्धिजीवी र विद्वान भन्ने मानिसहरूले ‘माक्र्सवाद पुरानो भयो’ र ‘माक्र्सवाद अपूर्ण छ’ जस्ता गलत प्रचार गरिरहेको चर्चा गर्दै अहिले उनीहरू माक्र्सवादविरोधी र नक्कली कम्युनिष्ट पार्टीमा लागेको बताउनुभयो ।
दुई–चार पैसा र केही अवसरको निम्ति सिद्धान्त त्याग्ने कोही पनि माक्र्सवादी हुन नसक्ने धारणा राख्दै उहाँले भन्नुभयो, “व्यक्तिगत स्वार्थ वा दुई–चार वटा मौका हात लाग्ने बित्तिकै पार्टी र विचार नै त्याग्ने मानिस कहिल्यै माक्र्सवादी हुनसक्दैन ।”
माक्र्स–एँगेल्सले लेख्नुभएको कम्युनिष्ट घोषणापत्रमा उल्लेखित बुँदा र भावनाअनुसार काम नगर्ने पार्टी र सरकार कम्युनिष्ट नहुने विचार राख्दै अध्यक्ष रोहितले भन्नुभयो, “मानव समाजको विकासक्रममा शोषणको विरुद्ध कम्युनिष्ट र समाजवादी विचारधाराको जन्म भएको हो । यसकारण पुँजीपति वर्गले कम्युनिष्टलाई सजिलै काम गर्न कहिल्यै दिनेछैन ।”
सामन्तवादले राजा र राजतन्त्र दैवी इच्छाअनुसार अस्तित्वमा आएको भन्ने झूठा कुरालाई चिर्न पुँजीवादी मजदुर वर्गको सहयोगमा सामन्तवादलाई पराजित गरेको चर्चा गर्दै अध्यक्ष बिजुक्छेँले जनतालाई राजनीतिबारे बुझाउन दर्शनको प्रयोग भएको बताउनुभयो ।
बेलायती पुँजीवादी क्रान्तिबारे चर्चा गर्दै उहाँले भन्नुभयो, “कुनै एउटा देशमा भएको क्रान्तिले संसारभरको लागि शिक्षा हुनेछ ।”
“बेलायती क्रान्तिले राजतन्त्र पनि समाप्त हुनसक्छ भन्ने कुरा देखायो । त्यसपछि संसारभर राजतन्त्र अन्त्य हुँदै गयो ।”, उहाँले भन्नुभयो ।
माओवादीहरूले समाजमा आमूल परिवर्तन गर्ने लक्ष्यका साथ सशस्त्र द्वन्द्व नगरेको आधार प्रस्तुत गर्दैै अध्यक्ष बिजुक्छेंले नेपालमा माओवादी भारतीय श्यामकर्ण घोडा भएको बताउनुभयो ।
“नेपाली सेनालाई चीनले कस्तो–कस्तो हातहतियार दिएको छ भन्ने कुरा थाहा पाउन भारतीय एकाधिकार पुँजीले माओवादी सशस्त्र सङ्घर्षलाई प्रयोग गरेको थियो ।”, उहाँले भन्नुभयो ।
नेमकिपाका केन्द्रीय सचिव प्रेम सुवालले माक्र्सको पालामा पुँजीपति वर्गले समाजवादको दुरुपयोग गरेजस्तै एमाले–
माओवादीको ओली–दाहाल सरकारले संविधानमा उल्लेख समाजवादउन्मुख प्रावधानलाई पुँजीपति वर्गकै हितमा प्रयोग गरेको धारणा राख्नुभयो ।
उहाँले ओली–दाहाल सरकारको नीति तथा कार्यक्रम पञ्चायतकालकै व्यक्तिले लेखेको हुनसक्ने उल्लेख गर्दै यसैले ‘मेरो सरकार’ उल्लेख भएको बताउनुभयो ।
सचिव सुवालले समाजवादको नाम जोड्दै ओली–दाहालको नेकपाको पुँजीवादी सरकारले पुँजीपति वर्गको सञ्चालक समितिको भूमिका निर्वाह गरेको बताउनुभयो ।
नेमकिपाका वैकल्पिक केन्द्रीय सदस्य सुरेन्द्रराज गोसाईले विदेशी संस्थाबाट डलर मागेर माक्र्सको जन्म दिवस मनाउनेहरू माक्र्सवादी नभएको बताउनुभयो । उहाँले कुनै बेला को समाजवादी हो र होइन भन्ने बारेमा अन्योल भएजस्तै नेपालमा आज को माक्र्सवादी हो होइन भन्नेविषय निक्र्योल गर्न माक्र्सवादको अध्ययन आवश्यक भएको बताउनुभयो ।
नेमकिपाका अर्का वैकल्पिक केन्द्रीय सदस्य सृजना सैँजूले निकै प्रतिकूल परिस्थितिमा पनि माक्र्सले आफ्नो जीवन सङ्घर्षलाई अघि बढाउनुभएको र उहाँले सङ्घर्षमै सुख अनुभव गर्नुभएको बताउनुभयो ।
उहाँले माक्र्स र जेनी माक्र्सको जीवनीबारे सङ्क्षिप्त चर्चा गर्नुभयो ।
कार्यक्रममा इन्जिनियर समाज नेपालका केन्द्रीय उपाध्यक्ष इ. नरेश खत्रीले कम्युनिष्ट घोषणापत्र र नेपाल प्राध्यापक समाजका इ. सुनिल दुवालले माक्र्सवादी दर्शनबारे चर्चा गर्नुभयो ।
कार्यक्रममा नेपाल क्रान्तिकारी विद्यार्थी सङ्घका केन्द्रीय अध्यक्ष सविन ख्याजूले पनि बोल्नुभएको थियो ।
कैलाली
माक्र्स दिवसकै अवसरमा नेमकिपा लम्की चुहा नगर समितिको आयोजनामा प्रशिक्षण कार्यक्रम भयो ।
कार्यक्रममा नेमकिपा कैलाली जिल्ला समितिका अध्यक्ष रमेशकुमार रावलले माक्र्सको विचारले संसारका कामदार जनतालाई शोषणविरूद्ध लड्ने वैचारिक हतियार प्रदान गरेको बताउनुभयो ।
नेपाल क्रान्तिकारी शिक्षक सङ्घका गुप्तबहादुर शाहीले माक्र्सवाद र माक्र्सको जीवनी अध्ययनले जीवनमा सङ्घर्ष गर्ने ऊर्जा प्राप्त हुने बताउनुभयो । कार्यक्रममा लक्ष्मी पुन र विकास खत्रीले पनि बोल्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *