संविधान जारी भएको ११ वर्ष, संविधान संशोधनको प्रश्न किसान र मजदुरको हकलाई मौलिक हकमा राखिनुपर्ने
- आश्विन ५, २०८३
भक्तपुर, २३ वैशाख । बाल विकास स्कूलका शिक्षकहरूबीच कार्ल माक्र्सको २०१ औँ जन्म दिवस तथा १३० औँ मई दिवसको अवसरमा विचार गोष्ठी सम्पन्न भयो । सो कार्यक्रममा विद्यालयका प्रिन्सिपल सुरेन्द्रराज गोसाईले कार्ल माक्र्सको जीवनीले जीवनमा हरेक कठिनाइसँग जुध्न प्रेरित गर्ने बताउनुभयो ।
कार्ल माक्र्सको जीवनका केही घटनाहरूबारे चर्चा गर्दै उहाँले भन्नुभयो, “जतिसुकै कठिनाइ आए पनि आफ्नो सिद्धान्त र उद्देश्यमा कार्ल माक्र्स कहिल्यै पनि विचलित भएनन् । कार्ल माक्र्स आपूm सम्भ्रान्त परिवारमा जन्मनु भए तापनि जीवनभर सर्वहारा वर्गको हितको लागि सङ्घर्ष गर्नुभयो । उहाँले संसारकै बहुसङ्ख्यक कामदार जनताले सुख पाउने व्यवस्थाको निम्ति आफ्नो जीवनको अन्तिम क्षणसम्म पनि सङ्घर्ष गर्नुभयो । सोही योगदानको लागि उहाँको जन्मको २०१ वर्षपछि पनि हामीले उहाँलाई सम्झिरहेका छौँ ।”
सो कार्यक्रममा शिक्षक पुनेन्द्रप्रसाद कुुसीले मई दिवसको महत्वको बारेमा सङ्क्षिप्त चर्चा गर्नुभयो । साथै शिक्षक सूर्यबहादुर पञ्च र शिक्षिका सुलोचना छ्वाजूले पनि कार्ल माक्र्स र मई दिवसको बारेमा आफ्नो विचार व्यक्त गर्नुभयो ।
Leave a Reply