अध्यक्ष रोहितको संस्मरणका केही पृष्ठ
- असार ३१, २०८३
– काशीराम शर्मा
बाँके, २४ वैशाख । ‘विद्यार्थी भर्नाको चाप निकै धेरै छ । हामी भर्ना गर्न सक्ने अवस्थामा छैनौं । अभिभावकहरू सोर्सफोर्स लगाएर भर्ना गर्न आइरहनुभएको छ ।’ नेपालगञ्ज उपमहानगरपालिका–१ स्थित धम्बोझी माध्यमिक विद्यालयका प्रधानाध्यापक वामदेव सुवेदीको गुनासो हो यो ।
“सामुदायिक विद्यालयमा भर्ना लिँदैन भनेर अभिभावकलाई फर्काउन पनि निकै समस्या छ,” प्रअ सुवेदी भन्नुहुन्छ– “भर्ना लिँदा कक्षा कोठा अभावसँगै शिक्षकको समस्या उस्तै छ ।” शैक्षिक वातावरण राम्रो भएको र विगतमा राम्रो नतीजा ल्याएका कारण यस विद्यालयमा विद्यार्थीको चाप उच्च छ ।
गत शैक्षिक सत्रमा २ हजार १०० भन्दा बढी विद्यार्थी रहेकामा अहिले यो सङ्ख्या २ हजार २०० पुग्ने अनुमान गरिएको छ । प्रअ सुवेदी भन्नुहुन्छ– “यो भन्दा धेरै भर्ना लिँदा कक्षा कोठा नै छैनन् । भर्ना लिएर मात्रै के गर्नु ?” पूर्वाधारको अभावमा भर्ना नपाएपछि विद्यार्थी निराश भएर फर्कनुपर्ने अवस्था छ ।
निजी तथा आवासीय विद्यालय छोडेर भर्ना हुन विद्यार्थी आउन थालेपछि धम्बोझी माविलाई विद्यार्थीको चाप थेग्न निकै मुश्किल परेको छ । प्रअ सुवेदीले विद्यालयमा राम्रो शिक्षण वातावरण भएकाले विद्यार्थी सङ्ख्या बढेको बताउनुभयो । विद्यालयमा भर्ना मात्र होइन विद्यार्थी टिकाउको अवस्था पनि उत्तिकै राम्रो छ ।
बालबालिकाका अभिभावकलाई प्रतिबद्धता जनाउन लगाएर मात्रै भर्ना लिने गरेकाले नियमित रूपमा विद्यार्थी विद्यालय आउने गरेको उहाँले बताउनुभयो । “नियमित रूपमा विद्यालय आउने बनाउने दायित्व विद्यालयको पनि हो,” उहाँले भन्नुभयो – “विद्यालयले राम्रो वातावरण दिन सक्यो भने विद्यार्थी विद्यालयमा टिक्छ ।”
सिकाइ उपलब्धि राम्रो भएपछि बाँकेका सामुदायिक विद्यालय अभिभावक र विद्यार्थीको रोजाइमा परेका छन् । कोहलपुरस्थित त्रिभुवन माविमा पनि विद्यार्थीको उस्तै चाप छ । विद्यार्थीलाई आकर्षण गर्न र निजी विद्यालयसँग प्रतिष्पर्धा गर्न अङ्ग्रेजी र नेपाली दुवै माध्यममा अध्यापन हुन्छ । अङ्ग्रेजी र नेपाली माध्यममा पढाइको वातावरण बनेपछि विद्यार्थी सङ्ख्या धेरै बढेको प्रधानाध्यापक देवकी थापाले बताउनुभयो । उहाँले भन्नुभयो– “निजीमा भन्दा सामुदायिक विद्यालयप्रति बढी विश्वास देखियो । अभिभावकले भर्नाका लागि आग्रह गरिरहनुभएको छ । हामी भर्ना गर्न सक्ने अवस्थामा छैनौं ।”
सरकारले लगानी गरेका सामुदायिक विद्यालयको पढाइप्रति शङ्का गर्नुपर्ने कुनै कारण नरहेको अभिभावकहरू बताउँछन् । अभिभावक पदमबहादुर शाही भन्नुहुन्छ– “अङ्ग्रेजीमा राम्रो गरुन् भनेर निजीमा पढाउने हो । अहिले सरकारी विद्यालयमै अङ्ग्रेजी माध्यममा पढाइ भइरहेको छ । किन निजीमा पढाउनु ?”
सरकारी जागीर गर्ने बुबाआमाले आफ्ना छोराछोरीलाई निजी विद्यालयमा महङ्गो शुल्क तिरेर पढाइरहेका बेला धेरै अभिभावकको रोजाइमा सामुदायिक विद्यालय पर्ने गरेका छन् । सामुदायिक विद्यालयमा सरकारले लगानी बढाएसँगै पढाइको गुणस्तरमा सुधार आउँदा सामुदायिक विद्यालयप्रति अभिभावकको आकर्षण बढ्दै गएको हो ।
निजीको तुलनामा सामुदायिक विद्यालयको गुणस्तर बढेको धम्बोझी माविका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष धनबहादुर चन्दको भनाइ छ । उहाँ भन्नुहुन्छ – “अङ्ग्रेजी पढ्नै पर्ने बाध्यताले अभिभावकले जबर्जस्ती निजी विद्यालयमा छोराछोरीलाई पठाउने गर्नुभएको छ । सरकारी विद्यालयले गुणस्तर बढाउन थालेपछि अब त्यो बाध्यता रहेन ।” विद्यालयमा राम्रो वातावरणमा शिक्षा दिन सङ्ख्या बढाउनुभन्दा गुणस्तरमा ध्यान दिनुपर्ने अध्यक्ष चन्द बताउनुहुन्छ । सरकारले दिने सेवा सुविधा र विद्यालयप्रतिको लगावका कारण विद्यार्थीको चाप बढेको उहाँको भनाइ छ । गुणस्तर शिक्षा प्रदान गरेकै कारण सामुदायिक विद्यालय विद्यार्थी र अभिभावकको रोजाइमा परेको उहाँ ठान्नुहुन्छ ।
Leave a Reply