भर्खरै :

संरा अमेरिकी कडा नाकाबन्दीपछि इरानको नयाँ कदम

तेहरान, २५ वैशाख । एक वर्षअघि संरा अमेरिकाले सन् २०१५ मा भएको इरानी आणविक सम्झौताबाट हात झिकेको थियो । बुधबार इरानी राष्ट्रपति हसन रोहानीले संरा अमेरिकाको सो कदमको प्रतिकार गर्दै सम्झौताका केही बुँदाबाट हात झिकेको छ ।
इरानका टेलिभिजन र रेडियोमा सार्वजनिक सम्बोधन गर्दै रोहानीले इरानीले हालसम्म पालना गर्दै आएको २०१५ को सम्झौताका दुई बुँदालाई अब पालना नगर्ने घोषणा गर्नुभएको छ ।
उहाँले इरानी आणविक सम्झौतामा हस्ताक्षर गरेका युरोपेली देशहरूलाई पत्राचार गरी सम्झौताका केही बुँदाबाट आफू मुक्त हुने बताउनुभयो ।
उहाँले युरोपेली देशहरू, रुस र चीनलाई उनीहरूले प्रतिबद्धता जनाएअनुसारका वित्तीय तथा तेल खरिदसम्बन्धि बुँदा पूरा गर्न ६० दिनको म्याद दिनुभएको छ । सो म्यादभित्र प्रतिबद्धता पूरा नभए इरानले युरेनियम उत्पादन पुनः थालनी गर्ने बताउनुभयो । अहिले इरानले युरेनियम उत्पादन स्थगन गरेको छ । उहाँले आणविक परियोजनाको लागि आवश्यक पर्ने हेभी वाटर पनि उत्पादन थाल्ने बताउनुभएको छ ।
रोहानीले आफू सम्झौताबाट पूर्णरूपमा हात नझिक्ने बताउनुभयो ।
हालै संरा अमेरिका सरकारले इरानलाई चेतावनी दिन युद्धकविमान र वमबारी गर्ने विशेष टोली भूमध्यसागरमा तैनाथ गरेको छ । साथै इरानसँग तेल निर्यात गर्दै आएका देशहरूलाई तेल खरिद बन्द गर्न नगरे नाकाबन्दी सामना गर्न चेतावनी दिइएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *