भर्खरै :

इको प्यानलमा आगलागी विद्युत् सर्टले होइन–कम्पनी

भक्तपुर, २७ वैशाख । भक्तपुरको हनुमानचास्थित गोर्खा इको प्यानलले आफ्नो उत्पादन दुई साताभित्रै सुरु गर्ने जनाएको छ । गएको मङ्गलबार बिहान कारखानामामा बिहान आगलागी भएको थियो । कारखानामा बिहान लागेको आगलागीबाट ८० लाखभन्दा बढीको धनमालमा क्षति भएको कम्पनीले जनाएको छ ।
यसैबीच गोर्खा इको प्यानलमा भएको उक्त आगलागी विद्युत् सर्ट भएर नभएको दाबी गरेको छ । प्रहरीले आगलागी भएकै दिन विद्युत् सर्ट भएर आगलागी भएको भनी निकालेको विज्ञप्तिप्रति असहमति व्यक्त गर्दै कम्पनीले शुक्रबार अलगै वक्तव्य जारी प्रहरीको वक्तव्यको खण्डन गरेको हो ।
कम्पनीका इलेक्ट्रिकल इन्जिनियर मेन्शन लाखेमरुका अनुसार राति मेसिन नचल्ने भएकोले विद्युत् प्रवाह नै नहुने गरी मेन सर्किट ब्रेक गर्ने गरेकोले त्यहाँ कुनै हालतमा विद्युत् सर्ट हुन सक्दैन । मेसिन नचल्ने बेला विद्युत् सप्लाई कट अफ गर्ने प्रावधान भएकोले तारबाट विद्युत् सर्ट कुनै हालतमा नहुने उनको तर्क छ । “विद्युत् सर्ट हुनलाई कनेक्सन हुनुपर्ने तर कनेक्सन कतै पनि छैन”, इन्जिनियर लाखेमरुले भन्नुभयो ।
कनेक्सन भएको भनेको डिवी बक्स हो, तर त्यहाँबाट आगलागी भएको छैन । सर्किट ब्रेकर अफ गरिराखेको अवस्थामा घटना भएको बताउँदै उहाँले त्यस्तो बेला सर्ट सर्किट नहुने स्पष्ट पार्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *