भर्खरै :

वडामा जनतासँग सुझाव सङ्कलन

भक्तपुर, २८ वैशाख । नेपाल मजदुर किसान पार्टी गोल्मढी एकाइ समिति र भक्तपुर नगरपालिका ७ नं. वडा कार्यालयको संयुक्त आयोजनामा शनिबार सुझाव सङ्कलन कार्यक्रम भयो ।
कार्यक्रममा भक्तपुर नगरपालिकाका नगर प्रमुख सुनिल प्रजापतिले देशलाई समृद्ध बनाउन साना साना कुरामै धेरै ध्यान पु¥याउनुपर्ने बताउनुभयो । उहाँले देशमा फर्सी, काँक्रोको बीउ नै डेढ अर्बको आयात हुने गरेको बताउनुभयो ।
भनपाले उपभोक्ता समितिमार्फत विकास निर्माण अघि बढाइरहेको चर्चा गर्दै नगर प्रमुख प्रजापतिले हरेक योजना कार्यान्वयन भए जनतालाई भरोसा दिलाउन सकिन्छ भन्नुभयो ।
नेमकिपा गोल्मढी ७ एकाइका अध्यक्ष बलराम गोसाईको सभापतित्वमा भएको कार्यक्रममा स्थानीय वडा अध्यक्ष उकेश कवांले गत आ.व. मा वडा तथा नगरस्तरमा सम्पन्न कार्यक्रमहरूबारे उल्लेख गर्दै नयाँ वर्षको लागि नपाले तयार गरेका नगरस्तरीय कार्यक्रमहरूबारे प्रस्ट्याउनुभयो ।
महिला वडा सदस्य रञ्जना त्वातीले स्वागत गर्नुभएको कार्यक्रममा वडा सदस्य हरिरत्न गोर्खालीले पनि बोल्नुभएको थियो । कार्यक्रममा हनुमानघाटपारिको दिप, दुगुद्यो परिसर, मसान लगायतलाई व्यवस्थित गरी फुटसल ग्राउण्ड, व्याडमिन्टन, क्रिकेट ग्राउण्ड बनाई व्यवस्थित गर्नेसम्बन्धी स्लाइड प्रस्तुत गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *