भर्खरै :

दक्षिण अफ्रिकी चुनावमा नेसनल काङ्ग्रेस नै विजयी

जोहान्सवर्ग, १२ मे । दक्षिण अफ्रिकामा सत्तासीन राजनीतिक दल अफ्रिकी नेसनल काङ्ग्रेसले कुल ५७.५१ प्रतिशत मत हासिल गरेर आम निर्वाचनमा विजय हासिल गरेको छ ।
गएको शनिबार त्यहाँको निर्वाचन आयोगले सार्वजनिक गरेको मत परिणामअनुसार दोस्रो धेरै मत विपक्षी डेमोक्रेटिक एलाइन्सले हासिल गरेको छ । डेमोक्रेटिक एलाइन्सले २०.७६ प्रतिशत मत हासिल गरेको छ । इकोनोमिक फ्रिडम फाइटर्स पार्टी १०.७९ प्रतिशतसहित तेस्रो स्थानमा आएको छ ।
चुनावको परिणामअनुसार दक्षिण अफ्रिकी संसद्मा जम्मा चौध राजनीतिक दलहरू सहभागी हुने भएको छ ।
संसद्मा अफ्रिकी नेसनल काङ्ग्रेसको तर्फबाट २३०, डेमोक्रेटिक एलाइन्सको तर्फबाट ८४ र इकोनोमिक फ्रिडमको तर्फबाट ४४ सांसदहरू हुने भएको छ । चुनावको क्रममा भएको जनमत सर्वेक्षणअनुसार कुल ९७ प्रतिशत मतदाताले चुनाव निष्पक्ष र धाँधलीरहित भएको र ९७ प्रतिशतले मतदान प्रक्रिया सहज भएको बताएका थिए ।
दक्षिण अफ्रिकी निर्वाचन आयोगका प्रमुख से मामाबोलोले प्रजातान्त्रिक इतिहासको छैटौँ चुनाव निकै जटिल र अत्यन्त प्रतिस्पर्धात्मक भएको बताउनुभयो ।
निर्वाचनमा १ करोड ७० लाखभन्दा बढी मतदाताले चुनावमा भाग लिएको निर्वाचन आयोगले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *