भर्खरै :

ओलम्पिकको टिकट खुला

टोकियो, १२ मे । आगामी सन् २०२० मा हुने टोकियो ओलम्पिक खेलको लागि जापानका बासिन्दालाई टिकट खरिद खुला गरेको छ । गएको मे २ तारिखसम्म खुला रहेको लोटरी बन्द भएपछि टिकट बिक्री थालिएको हो । ओलम्पिकको आधिकारिक वेभसाइटबाट टिकट बिक्री खुला गरिएको हो । टिकट खरिद गर्न चाहने मानिसको भीडका कारण वेभसाइटको गति सुस्त बनेको थियो । धेरै मानिसले एकै समयमा प्रयास गर्दा खरिद प्रक्रिया ढिला भएको थियो ।
सन् २०२० को जुलाई २४ देखि अगस्ट ९ सम्म हुने खेलको लागि क्रेताले आफूले हेर्न चाहेको खेलका पहिलो र दोस्रो प्राथमिकताका तीस–तीस टिकट खरिद गर्ने व्यवस्था गरिएको छ । एक जना व्यक्तिले तीस वटासम्म टिकट खरिद गर्न सक्ने व्यवस्था गरिएको छ । टिकट खरिदको लागि दिएको आवेदनका नतिजा जुलाई २० मा सार्वजनिक गरिनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *