अध्यक्ष रोहितको संस्मरणका केही पृष्ठ
- असार ३१, २०८३
भक्तपुर, ३० वैशाख । भक्तपुर नगरपालिका वातावरण तथा पर्यटन समितिको आयोजनामा वडा–वडामा ट्राइ साइकलबाट कुहिने र नकुहिने फोहर अलग्ग अलग्ग छुट्याई सङ्कलन गर्नेबारे सफाइ मजदुर, चालक, हेल्पर र वडानिरीक्षकहरूको भेला सोमबार सम्पन्न भयो ।
कार्यक्रममा वडा नं ९ का वडाध्यक्ष एवम् वातावरण तथा पर्यटन समितिका संयोजक रवीन्द्र ज्याख्वले वडावासी र जनप्रनिधिहरूको पुलको रूपमा सफाइ मजदुर तथा कर्मचारीहरूले काम गर्नुपर्ने बताउनुभयो ।
नगरवासीका गुनासाहरू नगरपालिकामा पु¥याउन कर्मचारीहरूले सहयोग गर्नुपर्ने आवश्यकता औँल्याउँदै उहाँले नगरपालिका स्थानीय सरकार भएकोले जनताको समस्या समाधान गर्न जनप्रतिनिधिहरूले काम गरिरहेको चर्चा गर्नुभयो ।
कुहिने र नकुहिने छुट्याउन र डस्टबिनको प्रयोग गर्न नगरवासीलाई बानी बसाल्नुपर्नेमा उहाँले जोड दिनुभयो ।
वडा नं ५ का वडाध्यक्ष प्रेमगोपाल कर्माचार्यले नपाले सरसफाईलाई प्राथमिकतामा राखेकै कारण भक्तपुरमा सरसफाइ अगाडि बढेको बताउनुभयो । उहाँले सफाइ मजदुरलाई उपलब्ध गराएको माक्स, पञ्जा र बुट अनिवार्य प्रयोग गर्न अनुरोध गर्नुभयो ।
कार्यक्रममा कार्यपालिका सदस्य सुनिता प्रजापति, श्यानिटेसन उपशाखा प्रमुख दिलिपकुमार सुवाल र वडा निरीक्षक रामकृष्ण प्रजापतिले पनि बोल्नुभएको थियो ।
Leave a Reply