मार्गनिर्देशनबारे भाइबहिनीलाई चिठी–६
- चैत्र ३०, २०८२
– सोनी कवां,
भक्तपुर, ३० वैशाख । सृजना नगरदेखि कटुञ्जेसम्म निर्माण गर्दै आएको सडक कालोपत्र नहुँदा कटुञ्जेका बासिन्दा मारमा परेका छन् । विगत दुई वर्षदेखि सडक धुलोरहित हुँदा स्थानीय बासिन्दाहरू प्रभावित भएका छन् । स्थानीय बासिन्दा लक्ष्मी बासुका अनुसार हिलो र धुलो सडकले गर्दा दिनहुँ आवतजावतमा समस्यामात्र नभई स्वास्थ्यमा पनि प्रतिकूल असर गरेको छ ।
पानी पर्दा हिलो हुने र घाम लाग्दा धुलो उडेर पसलमा रहेका सामानहरू धुलैधुलो भएको छ । Fबिक्री वितरण गर्न राखेका नयाँ सामानहरू (फर्निचर) मा धुलोले पुरानोजस्तो देखिँदा आफूले सोचेको भन्दा कम मूल्यमा बेच्नुपरेको छ ।” स्थानीय व्यापारी नरेश कोजूले बताउनुभयो ।
त्यस्तै तरकारी पसलका हीरालाल महत्तोले भन्नुभयो, Fबिहानमात्र कालीमाटी तरकारी बजारबाट ल्याएको ताजा फलफूल र तरकारी धुलोको कारण बेलुकी बेच्ने समयसम्ममा ओइलाएको बासीजस्तो देखिने गरेकोले पहिलाको भन्दा कममात्र व्यापार हुने गर्छ ।”
बाटोलाई कालोपत्र बनाउनुपर्छ भन्ने कुरा स्थानीय बासिन्दाहरूबीच छलफल भए पनि नगरपालिकासम्म पु¥याउन सकेको छैन । विगत एक वर्षदेखि कालोपत्र हुन नसकेको सडकमा अहिले ढल निकास निर्माण कार्यले गर्दा स्थानीय बासिन्दा झन् धुलो र हिलोको समस्यामा परेका छन् ।
ढल निकास निर्माण कार्य ढिलाइले गर्दा हिँडडुल गर्न र गाडी लग्नसमेत समस्या परेको छ । यसले स्थानीय बासिन्दामात्र नभई भविष्यका कर्णधार विद्यार्थीहरूलाई पनि बाटोमा आवतजावत गर्न समस्या परेको छ ।
स्थानीयको समस्यालाई मध्यनजर गरी ढल निकास कार्य र सडक कालोपत्रे कार्य छिटो सम्पन्न गरी स्थानीय बासिन्दालाई बाटोमा सहजै आवतजावत गर्ने वातावरण तयार गर्नु आवश्यक देखिन्छ ।
प्रशिक्षार्थी
Leave a Reply