भर्खरै :

पपुवा न्यूगिनीमा शक्तिशाली भूकम्पपछि सुनामीको चेतावनी

हङकङ, वैशाख ३१ (रासस/एएफपी) : पपुवा न्यूगिनीको सामुद्रिक क्षेत्रमा मङ्गलबार ७.५ म्याग्निच्युडको शक्तिशाली भुकम्प गएको अमेरिकी भौगर्भिक अध्ययन केन्द्र (यूएसजीएस) ले जनाएको छ । भूकम्पपछि उक्त क्षेत्रमा खतरनाक सुनामीका तरङ्ग उत्पन्न हुनसक्ने प्यासिफिक सुनामी वार्निङ सेन्टरले चेतावनी दिएको छ । भूकम्पको केन्द्रविन्दु पपुवा न्यूगिनीको उत्तरपूर्वी कोकोपो टापूमा पृथ्वीको सतहदेखि ४४ किलोमिटरको गहिराइमा रहेको युएसजीएसले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *