भर्खरै :

बलात्कार आरोपी पक्राउ

भक्तपुर, ३१ वैशाख (रासस) ः सिन्धुपाल्चोक चौतारा गाउँपालिका–९ घरभई हाल मध्यपुरथिमि नगरपालिका–७ मा परिवारसँगै बस्दै आएकी १० वर्षीया बालिकालाई बलात्कार गरेको अभियोगमा प्रहरीले सोलुखुम्बुको सोताङ्ग गाउँपालिका–४ घर भई हाल मध्यपुरथिमि–९ बोडे बस्ने ३२ वर्षीय प्रेम राईलाई पक्राउ गरेको छ ।
यही वैशाख २६ गते बालिकालाई प्रलोभनमा पारी बलात्कार गरेको आरोपमा पीडित पक्षले वैशाख २८ गते महानगरीय प्रहरी वृत्त ठिमीमा उजुरी दिएपछि आरोपितलाई पक्राउ गरी अनुसन्धान शुरु गरेको प्रहरी नायब उपरीक्षक मिलन केसीले जानकारी दिनुभयो ।
त्यसैगरी रामेछाप उमाकुण्ड गाउँपालिका–१ घरभई हाल चाँगुनारायण नगरपालिका–२ स्यालडाँडामा बस्दै आएकी एक १५ वर्षीया बालिकालाई पटक पटक बलात्कार गर्दै आएको अभियोगमा प्रहरीले सिरहा पदमपुर घर भई हाल भक्तपुर नगरपालिका–२ सल्लाघारी बस्ने १८ वर्षीय आशिष चौधरीलाई पक्राउ गरेको छ ।
यही वैशाख २७ गते बालिका बलात्कार गरेको पीडित पक्षले उजुरी दिएपछि प्रहरीले पक्राउ गरी अनुसन्धान शुरु गरेको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी उपरीक्षक हिमालयकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *