भर्खरै :

उच्च रक्तचापका कारण जुरेक बाटोमै लड्दा

भक्तपुर, ३१ वैशाख । भक्तपुर घुम्न आएका हल्याण्डका ४८ वर्षका पर्यटक जुरेक ड्रेबेस मङ्गलबार उच्च रक्तचापका कारण भक्तपुरको भोलाछेँ टोलमा अचानक अचेत भई लडेर घाइते भए । रक्तचापको कारण लडेर घाइते भएका जुरेकको टाउकोमा ठूलो चोट लागेको थियो । घाइते पर्यटकलाई स्थानीय डा. बालकृष्ण चाँगुभारीले टाउकोमा सामान्य उपचार गरी भक्तपुर नगरपालिकाको एम्बुलेन्सबाट मध्यपुर अस्पताल पु¥याएका थिए । घाइतेको उदार कार्यमा भक्तपुर नगरपालिकाका पर्यटक सेवा केन्द्रका कर्मचारीहरू र स्थानीय नगरवासीहरूले सहयोग गरेका थिए । उक्त घाइते पर्यटकका साथीहरूले उद्धारका सहयोगीहरूलाई धन्यवाद दिँदै नेपालीहरू स्नेही भएको बताएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *