मार्गनिर्देशनबारे भाइबहिनीलाई चिठी–६
- चैत्र ३०, २०८२
भक्तपुर, ३१ वैशाख । भक्तपुर नगरपालिकाको आयोजनामा मङ्गलबार नगरपालिकाको सभाकक्षमा नगरस्तरीय कृषकहरूको भेला बस्यो ।
भनपाबाट वितरित बीउबिजन, कृषि प्रविधि तथा भावी कार्यक्रमबारे भएको उक्त भेलामा भक्तपुर नपा प्रमुख सुनिल प्रजापतिले भन्नुभयो, “सिद्धान्त र व्यवहारलाई मिलाएर लान सकेमा मात्र हरेक व्यवसाय र पेशामा सफलता प्राप्त हुनेछ । कृषि क्षेत्रमा पनि व्यवहारिक ज्ञान भएरमात्र पुग्दैन सैद्धान्तिक ज्ञान पनि हुनुपर्छ ।”
नेपाल सरकारले वर्षमा रु. १० खर्ब ४१ अर्ब व्यापार घाटा बेहोरिरहँदा नेपाल परनिर्भर भइरहेको प्रस्ट्याउँदै प्रमुख प्रजापतिले हामीले आत्मनिर्भर भई अगाडि बढ्नुपर्छ भन्नुभयो ।
उहाँले देश सामान्य मजदुर किसानहरूले बिगारेको होइन स्वार्थी, शोषक र जनविरोधी तत्वहरूले देश र जनतालाई कङ्गाल बनाइरहेको छ भन्नुभयो ।
कार्यक्रममा भनपा वडा नं. ६ का वडासदस्य गोविन्द दुवालले अग्रजहरूको पार्टीको सही नेतृत्व र अग्रजहरूको सङ्घर्षले किसानहरूले राहत पाएको प्रस्ट्याउनुभयो ।
भनपा ३ वडाका वडाध्यक्ष राजकृष्ण गोरा, कार्यपालिका सदस्यद्वय सुनिता अवाल र कृष्णलक्ष्मी दुवालले पनि बोल्नुभएको थियो ।
कार्यक्रममा कृषकहरू राजकृष्ण मुलगुठी, हरिकृष्ण सुवाल, राम प्रजापति, पृथ्वीकुमार प्रजापति, राजाराम चवाल, लक्ष्मीभक्त दुवाल, लक्ष्मी बासुकला, सम्झना खाइजू, रमेश वैद्य, विजयबहादुर कोजू र रमीन्द्र सुवाललगायतले बोल्नुभएको थियो ।
Leave a Reply