नयाँ नयाँ सेवा सञ्चालन गर्दै जनतालाई स्वास्थ्य सेवा प्रदान गर्ने कार्यलाई निरन्तरता दिनुपर्ने
- कार्तिक २०, २०८३
काठमाडौँ, २ जेठ । “निजामती कर्मचारीहरूलाई देश र जनताप्रति थप जिम्मेवार बनाउनु आवश्यक छ । यसको लागि कर्मचारीहरू जनताप्रति उत्तरदायी हुने कानुनी प्रावधान राख्नु उपयुक्त हुनेछ ।”
नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले प्रतिनिधिसभाअन्तर्गत राज्य व्यवस्था तथा सुशासन समितिमा बिहीबार सङ्घीय निजामती कर्मचारी विधेयक, २०७५ को दफावार छलफलमा उक्त भनाइ राख्नुभएको हो ।
सरकारमा गएका दलले निर्वाचनमा जित्न र बजेट आफ्नो अनुकूल खर्च गर्न एउटै मन्त्रालयमा २–३ जना सचिव नियुक्त गर्ने नीति गलत भएको उल्लेख गर्दै सांसद सुवालले राज्यकोषबाट पारिश्रमिक लिने कर्मचारीहरूको ट्रेड यूनियनको कानुनी व्यवस्था संविधानको धारा ३४ विपरीत भएको हुँदा खारेज गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।
प्रस्तावित सङ्घीय निजामती विधेयकमा स्वास्थ्य सेवा र व्यवस्थापिका (संसद्) का कर्मचारीहरूको गुनासो सम्बोधन नभएको चर्चा छ ।
Leave a Reply