भर्खरै :

पुरातत्व विभागलाई महानगरको पत्राचार

काठमाडौँ, २ जेठ । काठमाडौँ महानगरपालिकाले स्वयम्भू क्षेत्रको गरिमा बचाइराख्न र नयाँ संरचना निर्माण कार्य स्वीकृत नगर्न पुरातत्व विभागलाई पत्राचार गरेको छ । यस क्षेत्रमा कुनै पनि संरचना बनाउनैपर्ने भएको वडा कार्यालयसँग समन्वय र सिफारिशमा मात्र प्रक्रिया अगाडि बढाउन भनिएको छ । कामपाको वडा नं १५ ले पुरातत्व विभागलाई पत्राचार गरेको हो ।
वडा नं १५ का वडाध्यक्ष एवम् कामपाको प्रवक्तासमेत रहनुभएका ईश्वरमान डङ्गोलका अनुसार स्वयम्भू स्तूप जाने पूर्वी भ¥याङ्तर्फ आधुनिक निर्माण सामग्रीको प्रयोग गरेर पूर्वाधार बनाउने काम भएपछि स्वयम्भूको मौलिक संरचनाका विषयमा प्रश्न उठ्न थालेपछि पत्राचार गरिएको हो ।
गोर्खा भूकम्पका कारण स्वयम्भू क्षेत्रका १८ सम्पदामा भूकम्पले क्षति पुगेकामा १५ को पुनःनिर्माण भइसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *