भर्खरै :

नागरिकतासम्बन्धी विवाद पुनः संयुक्त इजलासमा

काठमाडौँ, २ जेठ । सर्वोच्च अदालतले जन्मसद्धि नागरिकता लिएका नागरिकका सन्तानलाई वंशजको नागरिकता दिने विषयमा पूर्ण सुनुवाइका लागि संयुक्त इजलासमा छलफलका गर्न आदेश जारी गरेको छ ।
न्यायाधीशहरु ईश्वर खतिवडा, सुष्मालता माथेमा र कुमार रेग्मीको पूर्ण इजलासले आज सो विषयमा पुनःसुनुवाइका दुई न्यायाधीशको इजलासबाट न्याय निरुपण हुने आवश्यक ठानी सो आदेश जारी गरेको हो ।
आदेशमा भनिएको छ, “विवादित विषयवस्तुको प्रकृतितर्फ दृष्टिगत गर्दा प्रस्तुत विवादको पूर्ण सुनुवाइ संयुक्त इजलासबाट हुन मनासिव देखियो  ।” आदेशमा संयुक्त इजलासबाट सुनुवाइ हुँदा प्रस्तुत विवादसम्बन्धी मुद्दा र कानुनी प्रश्नको महत्व र जटिलताको कारणबाट पूर्ण इजलासबाट संयुक्त इजलासमा पठाउने उल्लेख छ ।
आदेशमा सबै पक्षको लिखित जवाफ प्राप्त भएको हुँदा नागरिकतासम्बन्धी विवादका सबै मुद्दालाई एकैसाथ राखी फैसला गर्न संयुक्तमा पठाएको उल्लेख छ । सर्वोच्चले जन्मसिद्ध नागरिकलाई नागरिकता खारेजीको माग गर्दै वरिष्ठ अधिवक्ता बोर्णबहादुर कार्कीले दायर गर्नुभएको निवेदनलाई राख्ने आदेश गरेको थियो ।
सर्वोच्च अदालतले यसअघि जन्मसद्धि नागरिकता भएका सन्तानलाई वंशजका आधारमा नागरिकता दिन मुलुकभरका जिल्ला प्रशासन कार्यालयलाई गरेको गृहमन्त्रालयको पत्राचार कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *