मध्यपूर्व द्वन्द्वलाई केन्द्रमा राखी सी चिनफिङ र सरिफबिच भेट
- जेष्ठ ११, २०८३
काठमाडाँै, ६ जेठ । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँले सदनमा प्रस्तुत मिडिया काउन्सिल विधेयकको विषयमा पत्रकारहरूबीच थप छलफलको आवश्यकता भएको बताउनुभएको छ ।
सोमबार रफत सञ्चार क्लवमा देशको समसामयिक अवस्थाबारे प्रतिक्रिया व्यक्त गर्दै अध्यक्ष रोहितले सञ्चारमाध्यमबारे विभिन्न देशका कानुनको अध्ययन गर्न जरुरी भएको बताउनुभयो ।
‘कम्युनिष्ट’ सरकार भनिएको वर्तमान सरकारले व्यापक जनताको हित गर्न नसकेको र केही धनीमानी र ठगहरूले मात्र सरकारबाट फाइदा उठाइरहेको अध्यक्ष बिजुक्छेंले बताउनुभयो ।
शासक दलमा इमानदार कार्यकर्ताभन्दा लोभी, पापी, ठग र गुण्डाहरूको हालीमुहाली भएको विचार राख्दै उहाँले इमानदार कार्यकर्ता ओझेलमा पर्दा राजनीतिमा विकृति बढेको बताउनुभयो ।
आफूले २०४८ सालमै एमालेलाई भाइकाङ्ग्रेसको संज्ञा दिएको स्मरण गर्दै वर्तमान सरकारले काङ्ग्रेसको सरकारभन्दा कुनै पनि फरक काम गर्न नसकेको विचार राख्नुभयो ।
शीतलनिवास, बालुवाटार र सिंहदरबार ठगहरूको घेरामा रहेको चर्चा गर्दै अध्यक्ष बिजुक्छेँले सिंहदरबार गाउँ–गाउँमा पु¥याउने नारा फलाकेर भ्रष्टाचार व्यापक बनाइएको विचार राख्नुभयो ।
“त्यस्तै औद्योगिक विकास गर्नुपर्नेमा पुँजीवादलाई बलियो बनाउने नारा दिँदा शासक दलका राजनैतिक कार्यकर्ता र नेताहरूले व्यक्तिगतरुपले सम्पन्न बन्ने र धनी बन्न घर–जग्गाका दलाल र कालाबजारी, ठेकेदार, तस्कर र कलछलुवाहरूसँग मिलेर समाजलाई विकृत बनाए”, उहाँले बताउनुभयो ।
केन्द्रको यहीँ विकृति प्रदेश र स्थानीय निकायका जनप्रतिनिधिहरूमा रोगजस्तै सरेको उहाँले बताउनुभयो ।
Leave a Reply