भर्खरै :

मध्यपूर्वमा मध्यस्थ गर्न पाकिस्तान तयार

कुवेत सिटी, २० मे । पाकिस्तानका विदेशमन्त्री साह मेहमुद कुरेशीले मध्यपूर्वको क्षेत्रीय समस्या समाधान र शान्ति तथा स्थायित्व स्थापना गर्न पाकिस्तानले भूमिका खेल्न तयार रहेको बताउनुभएको छ ।
कुवेत भ्रमणको क्रममा राजधानी कुवेत सिटी पुग्नुभएका उहाँले भन्नुभयो, “हामी संरा अमेरिका र इरानबीच बढ्दो तनावको अवस्थाप्रति चिन्तित छौँ । पाकिस्तान शान्ति र स्थायित्वको पक्षमा छ । यो तनाव कम गर्न भूमिका खेल्न पाउनु हाम्रोलागि खुशीको विषय हो ।”, उहाँले भन्नुभयो ।
कुवेत समाचार संस्थासँगको अन्तर्वार्तामा उहाँले पाकिस्तान र कुवेतबीचको सम्बन्ध ऐतिहासिक रूपमा आत्मीय रहेको बताउनुभयो ।
“राजनीतिक रूपमा हामीबीच निकै राम्रो सम्बन्ध छ । क्षेत्रीय स्तरमा हामी एक अर्कालाई सहायता गरिरहेका छौँ । विश्वव्यापी मामिलामा पनि हाम्रा नीति साझा छन् । क्षेत्रीय रूपमा हाम्रो अवधारणा समान छन् । उदाहरणको प्यालेस्टाइनको विषयमा हाम्रा धारणा समान छ ।”, उहाँले भन्नुभयो ।
दुई देशबीच आपसी सम्बन्ध बलियो बनाउने हेतुले पाकिस्तानी विदेशमन्त्री कुवेत पुग्नुभएको बताइएको छ । “कुवेतमा दक्ष र अर्ध दक्ष जनशक्ति पठाउन सक्छौं । त्यसले हामीले थप आर्थिक विकास हासिल गर्न सक्छौं ।”, उहाँले भन्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *