मध्यपूर्व द्वन्द्वलाई केन्द्रमा राखी सी चिनफिङ र सरिफबिच भेट
- जेष्ठ ११, २०८३
नयाँ दिल्ली, २० मे । भारतीय कार निर्माण कम्पनी टाटा मोटर्सको त्रैमासिक नाफामा ४७ प्रतिशतले गिरावट आएको उक्त कम्पनीले सोमबार जनाएको छ ।
टाटाको आरामदायी ज्यागुअर ल्याण्ड रोभर कारका कारोबारमा चिनियाँ बजारका साथै अन्य विदेशी बजारमा आएको सुस्तता टाटाको नाफा प्रतिशत घट्नुको प्रमुख कारक भएको कम्पनीको निष्कर्ष छ ।
बेलायत तथा अमेरिकामा टाटाको कारोबार राम्रो भएको तर चीनमा अनपेक्षित रूपमा कमी देखिएको कम्पनीको भनाइ छ । टाटाको ज्यागुअर ल्याण्ड रोभरका लागि चीन प्रमुख बजार हो ।
टाटाको सन् २०१९ को सुरूआती तीन महिना अर्थात् मार्च ३१ सम्मको नाफा ११ अर्ब १७ करोड भारतीय रूपैयाँ रहेको छ । अघिल्लो वर्ष सोही समयमा टाटाको नाफा २१ अर्ब २५ करोड अमेरिकी डलर रहेको कम्पनीको धितो बजार मूल्याड्ढनका लागि जारी विज्ञप्तिमा उल्लेख छ ।
“ज्यागुअर ल्याण्ड रोभरको चिनियाँ बजारमा आगामी दिनमा पनि सन्तोषजनक कारोबार नरहने वा वर्तमान चुनौती कायम रहनेछ,” टाटा मोटर्सका अध्यक्ष एन चन्द्रशेकरनले बताउनुभयो ।
“कारोबारका हिसाबले चुनौतीपूर्ण बाहिरी अवस्थालाई समाधान गर्दै कम्पनीलाई थप नाफा दिलाउनका लागि हामीले निर्णयात्मक तथा प्रतिस्पर्धात्मक रणनीति निर्माण गरी अघि बढ्दै छौँ,” उहाँले थप्नुभयो ।
कारोबारमा देखिएको सुस्ततासँगै टाटाले भारतीय अर्थतन्त्रमा गर्दै आएको योगदानमा पनि सामान्य प्रभाव परेको कम्पनीको भनाइ रहेको छ ।
टाटा मोटर्सको नाफामा न्यूनता देखिए पनि चियादेखि स्टिलजस्ता सामानको भारतीय उत्पादक कम्पनी टाटाको बम्बई स्टक एक्चेन्जमा सोमबार शेयर मूल्यमा ७.५३ प्रतिशत वृद्धि भएको छ ।
Leave a Reply