भर्खरै :

टर्कीले अमेरिक–सामानमा कर घटायो

अङ्कारा, २२ मे । टर्कीले संरा अमेरिकाका बस्तुमाथि लगाइएको थप करलाई आधा घटाउने निर्णय गरेको छ । बुधबार टर्कीको व्यापार मन्त्रालयले संरा अमेरिकाले गरेको त्यस्तै कदमको प्रत्युत्तरमा त्यो निर्णय गरेको थियो ।
संरा अमेरिकामा उत्पादन भएका २२ थर–बस्तुमा लगाइँदै आएको थप कर ५२ करोड १२ लाख अमेरिक–डलरबाट २६ करोड ६ लाख अमेरिक–डलरमा झारिएको टर्कीका अधिकारीले जनाएको छ ।
यसर–कर घटाइएका उत्पादनअन्तर्गत चामल, रक्सीजन्य पेय पदार्थ, सुर्ती, शृङ्गारका वस्तु र अन्य यातायातका साधनहरू छन् । गएको साता टर्कीका फलाम र स्पातमा संरा अमेरिकाले लगाउँदै आएको कर ५० प्रतिशतबाट २५ प्रतिशतमा झारेसँगै टर्की सरकारले पनि यस्तो कदम चालेको हो ।
गएको अगस्टमा संरा अमेरिकाले टर्कीका सामानमाथि कर बढाउने निर्णय गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *