अध्यक्ष रोहितको संस्मरणका केही पृष्ठ
- असार ३१, २०८३
रोल्पा, ८ जेठ । रोल्पामा रक्तदान गर्नेहरूको सङ्ख्या बढ्न थालेको छ । केह–वर्ष पहिले रगत दान गरे कमजोर भइन्छ, विभिन्न रोग लाग्छ भन्ने गलत धारणा रहेको स्थानीयवासीमा विस्तारै चेतनाको स्तर उठ्न थालेपछि रगत दान गर्नेको सङ्ख्या बढ्दै गएको हो ।
“आजभन्दा एक÷दुई वर्ष पहिले रक्तदान गर्नुप¥यो भन्दा प्रायः सबैले विभिन्न बहाना पारेर रगत दिँदैनथे, कयौँ कोसिस गर्दा पनि रगत दिन कोह–तयार हुँदैनथे, बिरामीको ज्यान जसर–पनि जोगाउनुप¥यो, चिकित्सक हाम–आफैले रगत दिएर कतिको ज्यान जोगायौँ”, जिल्ला अस्पताल रोल्पाका सिनियर अहेव कुलबहादुर डाँगीले भन्नुभयो ।
“नेपाल रेडक्रस सोसाइट–रोल्पाको आकस्मिक रक्तसञ्चार सेवा पनि प्रभावकारीरूपमा सञ्चालन भएको थिएन, रक्तदान गर्नुपर्छ भन्ने भावना पनि अति न्यून, रगत अभावकै कारण हामीले कुनै सामान्य सेवाका लागि पनि बाहिर सिफारिस गर्नुप¥यो भने केहीले त रगतकै अभावमा अकालमै ज्यानसमेत गुमाए”, अहेव डाँगीले थप्नुभयो ।
“रगत दिनुभन्दा पहिले त केह–हुने हो कि भन्ने मनमा डर लागिरहेको थियो, जब रक्त परीक्षण गर–समूह पहिचान भयो, अनि रगत दिएँ, त्यस्तो केह–गा¥हो महसुस गरिनँ, कमजोर पनि भएन”, रोल्पा नगरपालिका–२ का रक्तदान गरिसकेका स्थानीय युवा दिलबहादुर डाँगीले भन्नुभयो, “रगत दिन आफूलाई गर्वको महसुस गरेँ, मेरो सानो सहयोगले कसैको ज्यान बाँच्यो, यस्तै–यस्तै कुराले मनभरि खुश–छायो, यस्तो खुशीको महसुस मैले कहिले गरेको थिइनँ ।” उहाँले रगत दान गर्नु धर्म पनि भएको भन्दै यसले कसैलाई नयाँ जीवन दान दिने भएकाले पुण्य कामका लागि अवसर आएमा मौका नगुमाउनसमेत आग्रह गर्नुभयो ।
हाल नेपाल रेडक्रस सोसाइट–रोल्पाले पनि आकस्मिक रक्तसञ्चार सेवालाई प्रभावकार–बनाउन विभिन्न अभियान सञ्चालन गरिरहेको छ ।
आर्थिक वर्ष २०७३÷७४ मा २२ युवाले र गत आर्थिक वर्ष २०७४÷७५ मा २६ युवाले रक्तदान गरेका थिए । चालू आर्थिक वर्षमा ५६ युवाले रक्तदान गरेको जिल्ला अस्पताल रोल्पाले बताएको छ ।
Leave a Reply