भर्खरै :

क्रान्तिकारी युवा विद्यार्थीद्वारा कोणसभा

भक्तपुर, ९ जेठ । नेपाल क्रान्तिकारी युवा सङ्घ र नेपाल क्रान्तिकारी विद्यार्थी सङ्घ भक्तपुर नगर समितिको आयोजनामा समसामयिक राजनीतिक विषयमा बिहीबार गःहिटीमा कोणसभा भयो ।
सभामा नेक्रायुसङ्घ भक्तपुर जिल्ला समितिका सचिव एचएस सुवालले ल्याटिन अमेरिकी देश भेनेजुयलामा रहेको सुन, ग्यास र तेल खानी कब्जा गर्न संरा अमेरिकी साम्राज्यवादले भेनेजुयलामाथि गिद्देदृष्टि लगाएको बताउनुभयो ।
अमेरिकी साम्राज्यवादले यसअघि पनि प्रजातन्त्रको हवाला दिँदै लिविया, इराक, सिरियालगायतका देशमाथि आक्रमण गरेको बताउँदै सचिव सुवालले विश्वमा युद्ध र अशान्तिको प्रमुख नाइके अमेरिका भएको बताउनुभयो ।
उहाँले पश्चिमा साम्राज्यवादीहरूले भेनेजुयलासम्बन्धी गलत प्रचार प्रसार गरिरहेको बताउनुभयो ।
नेक्राविसङ्घ २३ औँ भक्तपुर जिल्ला सम्मेलन तयारी समितिका सहसंयोजक राजन अवालले संस्थागत भ्रष्टाचार गर्न लागिपरेको हुँदा भ्रष्टाचारको अन्त्य गर्छु भन्नु जनताको आँखामा भ्रम छर्नेमात्र भएको बताउनुभयो ।
“सरकारले कमिशन खाएर निजी कलेजहरूलाई सम्बन्धन दिने काम गरिरहेको छ ।” उहाँले भन्नुभयो ।
सभामा नेक्रायुसङ्घ भजिस सदस्य राजु कैँटी, नेक्रायुसङ्घ भनसका रामेश्वर मचामसी र नेक्राविसङ्घका प्रिया भट्टले पनि बोल्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *